Everest Premier League

एभरेस्ट प्रिमियर लिगको टिम मालिक र मार्क्यु खेलाडीको घोषणा

Everest Premier League

काठमाडौं – डिसेम्बरमा हुने एभरेस्ट प्रिमियर लिग (इपिएल) दोस्रो संस्करण क्रिकेटको टिम मालिक र मार्क्यु खेलाडीको काठमाडौं स्थित होटेल याक एन्ड यतीमा घोषणा गरिएको छ ।

प्रतियोगितामा कुल ६ टिम सहभागी हुने छन् । काठमाडौँ किंग्स ११, ललितपुर प्याट्रियट्स, बिराटनगर वारियर्स, भैरहवा लेजेन्ड्स, पोखरा राइनोज र चितवन टाइगर्स गरी प्रतियोगितामा ६ वटा टिम रहनेछन् ।

काठमाडौँ किंग्स ११ को मार्क्यु खेलाडी मा सोमपाल कामि चुनिएका छन । यस्तै ललितपुर प्याट्रियट्सका लागी ज्ञानेन्द्र मल्ल, बिराटनगर वारियर्सका लागी पारस खड्का, शरद भेसावकर भैरहवा लेजेन्ड्सका लागि, पोखरा राइनोजका लागी शक्ति गौचन तथा चितवन टाइगर्सका लागी दिपेन्द्र ऐरी चुनिएका छन ।

Everest Premier League

प्रतियोगिताको अन्य खेलाडीहरुको चयन अक्सनबाट गरिनेछ । बिजेताले नेपाली घरेलु क्रिकेटकै सबैभन्दा बढी २१ लाख रुपैयाँ पाउनेछन् । प्रत्येक टिममा १ जना मार्क्यु खेलाडी हुनेछ भने प्रत्येक टिमले ३ जना विदेश खेलाडीहरु अनिबार्य सहभागी गराउनु पर्नेछ ।

ईपीएल बिजेता टिमले नेपाली घरेलु क्रिकेटकै सर्बाधिक पुरस्कार राशी २१ लाख रुपियाँ प्राप्त गर्नेछ । राउण्ड रोबिन लिग फर्म्याटमा आयोजना गरिने प्रतियोगिताको सबै खेलहरु टियु क्रिकेट मैदानमा आयोजना हुनेछ ।

प्रतियोगिताको प्रत्यक्ष प्रशारण गर्न एपीवानसंग ३ बर्षे सम्झौता भइसकेको छ । एपीवान टेलिभिजनले प्रतिबर्ष १ करोड रुपियाँमा एभरेस्ट प्रिमियर लिगसंग प्रशारण अधिकार खरिद गरेको हो । नेपाली क्रिकेट इतिहासमै यो सबैभन्दा ठुलो प्रशारण सम्झौता हो ।

के हो मार्क्यु खेलाडी ?
मार्क्यु खेलाडी भनेको यस्तो खेलाडी हो जस्लाई टिमले महँगो पैसामा किनेको हुन्छ वा जो खेलाडी अन्तरराष्ट्रीय रुपमा सफल तथा उत्कृष्ट भैरहेका छन । अझ सजिलो का लागी भन्दा यस्ता खेलाडी जस्लाई फ्रान्चाइजले ठुलो आशा गरेर आफ्नो टिममा राखेका हुन्छन र उनि महँगो पनि हुन्छन ।

Most Popular

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Subscribe !

Subscribe to our email newsletter


Copyright © 2017 Cricnepal.com. All Rights Reserved.

To Top