International News

श्रीलकामा भारतले रच्यो नया इतिहास

भारतले श्रीलंकासंग भएको एक मात्र टी-ट्वान्टी खेल ७ विकेटले जित्दै घरेलु मैदानमा श्रीलंकालाई पराजित गर्दै इतिहास कायम गरेको छ ।

भारतीय क्रिकेटको इतिहासमा पहिलो पटक कुनै पनि सिरिजको सबै म्याच (टेस्ट ३-०, एकदिवसीय ५-०, टीट्वान्टी १-०) जितेको हो । अन्तर्राष्ट्रिय क्रिकेटमा यस्तो दोश्रो पटक भएको हो, योभन्दा अगाडी अस्ट्रेलियाले गत बर्ष डिसेम्बरमा पाकिस्तानलाई ३ टेस्ट र ५ एकदिवसीय म्याचको सिरिज क्लिन-स्विप गरेको थियो ।

प्रेमदासा मैदान कोलम्बोमा टस हारेर ब्याटिंगको लागि उत्रेको श्रीलंकाले दिल्सान मुनाविराको २९ बलमा ५ चौका र ४ छक्काको मदतले ५३ रन तथा अशान प्रियंजनको ४० रनको सहयोगमा निर्धारित २० ओभरमा ७ विकेट क्षतिमा १७० रन बनायो । भारतका लागि युजवेन्द्र चाहलले ४३ रन खर्चेर ३ विकेट तथा कुलदिप यादवले २० रन खर्चेर २ विकेट हात पारे ।

१७१ रनको लक्ष्य पछ्याएको भारतले १९.२ ओभरमा मात्र ३ विकेट गुमाउदै लक्ष्य पुरा गर्यो । कप्तान विराट कोहलीले ५४ बलको सामना गर्दै ७ चौका र १ छक्का मदतले ८२ रन बनाए भने मनिष पाण्डेले ४ चौका र १ छक्का सहित ३४ बलमा अविजित ५१ रन बनाए । श्रीलंकाका लासिथ मालिंगाले एक विकेट लिए ।

विराट कोहलीको रेकर्ड

अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो ३३३ इनिंगमा १५,००० रन पुरागर्ने खेलाडी बनेका छन् । दोश्रो नम्बरमा हसिम अमला छन् जसले ३३६ इनिंगमा पुरा गरेका थिए ।

Most Popular

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Subscribe !

Subscribe to our email newsletter


Copyright © 2017 Cricnepal.com. All Rights Reserved.

To Top