International News

अष्ट्रेलियाको सिरीज जितेसगै भारत आइसीसी एकदिवशीय वरियताको पहिलो स्थानमा

अस्ट्रेलिया विरुद्धको पांच एकदिवशीय श्रीङखला जितेसंगै भारत आइसीसी एकदिवशीय वरियताको पहिलो स्थानमा उक्लिएको छ ।

गएराती भएको तेस्रो एकदिवशीयमा अस्ट्रेलियालाइ पांच विकेटले पराजित गर्दै भारतले पांच खेलको श्रीङखलामा तीन शुन्यको अग्रता लिएको हो । इन्दौरको होल्कर स्टेडियममा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउदै दुइ सय ९३ रन बनँएको थियो । उसका लागि आरोन फिन्चले शतकिय पारी खेले । फिन्चले एक सय २५ वल खेल्दै एक सय २४ रन बनाएपछि अस्ट्रेलियाले सम्मानजक स्कोर बनाएको थियो । उनको पारीमा १२ चौका र पांच छक्का सामेल थियो । स्टिभन स्मिथले ६४ र डेविड वार्नरले ४२ रन जोडे ।

वलिङ तर्फ भारतका कुलखिप यादव र जस्प्रित बुमराहले दुइ दुइ विकेट लिए । जवाफमा दुइ सय ९४ रनको लक्ष्य भारतले ४७ ओभर पांच वलमा पांच विकेट गुमाउदै पुरा ग¥यो । ओपनर रोहित शर्मा र अजिंक्य रहानेले पहिलो विकेटका लागि एक सय ३९ रनको साझेदारी गर्दै भारतको जीतको आधार तयार गरेका थिए । रोहति ७१ र रहाने ७० रनमा आउट भएका थिए । यस्तै हार्दिक पान्डेले विस्फोटका ब्याटिङ गर्दै ७२ वलमा ७४ रन जोडेपछि भारतले सहज जीत हात पार्यो । विराट कोहलीले २८ रन बनाउदा मनिष पान्डे ३७ रनमा अविजीत रहे । अस्ट्रेलियाका प्याट कुमिन्सले दुइ विकेट लिए ।

टेस्ट क्रिकेटमा समेत शीर्ष वरियतामा रहेको भारतले लगातार नवौ एकदिवशीयमा जीत हात पारेको हो । हार संगै फिन्चको शतक भने काम लागेन । भारत विरुद्ध यसअघि खेलेका दुइ एकदिवशीयमा टिम बाहिर रहेका फिन्चले तेस्रो एकदिवशीयमा उत्कउष्ट प्रदर्शन गरेपनि जीत दिलाउन सकेनन् । चौथो एकदिवशीय बैङलोरमा विहिबार हुनेछ ।

Latest News

To Top