International News

अष्ट्रेलिया विरुद्धको पहिलो खेलमा भारत विजयी, श्रृखलामा एक शुन्यको अग्रता

भारतले अष्ट्रेलिया बिरुद्धको पहिलो एकदिवसीय खेलमा २६ रनको जित हात पारेको छ । जितसंगै भारतले पांच म्याचको सिरिजमा १–० को अग्रता लिएको छ ।

एम ए चिदम्बरम स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली भारतले २ सय ८१ रन बनायो । भारतले ८७ रनमै पांच विकेट गुमाउन पुगेको थियो । उसका लागि माथिल्लो क्रममा राहित शर्माले तीन चौकाको मद्दतमा २८ रन बनाएका थिए भने मध्यक्रममा केदार जाधवले ५४ बलमा ५ चौकाको सहयोगमा ४० रन बनाएका थिए ।

तर निकै आक्रमक देखिएका पाण्ड्याले धोनीसंग छैठौं विकेटका लागि एक सय १८ रनको साझेदारी गर्दै भारतको इनिङ्गस उकासेका थिए । स्पिनर एडम जाम्पालाई एकै ओभरमा लगातार तीन छक्का र एक चौका प्रहार गरेका पाण्ड्याले ६६ बलमा ८३ रन बनाए ।

इनिङ्गस ब्रेकमा लगातार बर्षा भएपछि अष्ट्रेलियाले डकवर्थ लेविस पद्दति अन्तर्गत २१ ओभरमा १ सय ६४ रनको कठिन लक्ष्य पाएको थियो । अष्ट्रेलियाले २१ ओभरमा ९ विकेटको क्षतिमा १ सय ३७ रनमात्र बनाउन सक्यो ।
अष्ट्रेलियाका लागि ओपनर डेविड वार्नरनले २५ रन बनाए ग्लेन म्याक्सवेलले ३९ रन बनाएका थिए । जेम्स फल्कनरले २५ बलमा ३२ रन बनाएपनि त्यो जितका लागि पर्याप्त भएन । भारतका लागि चाहलले तीन तथा पाण्ड्या र यादवले तीन तीन विकेट हात पारेका थिए ।

Most Popular

To Top