International News

अष्ट्रेलियाले जित्यो चौथो वान डे

Photo: International Cricket Council

भारतको बेंगलुरुमा खेलिएको चौथो एक दिवसिय क्रीकेटमा अष्ट्रेलियाले भारतलाई २१ रनले हराएको छ । यसका साथै भारतको लगातार ९ जित को रेकर्ड पनि रोकिएको छ ।

टस जितेर ब्याटिङ रोजेको अष्ट्रेलियाले निर्धारित ५० ओवरमा ५ विकेट गुमाउदै ३३४ रन बनाएको थियो । अष्ट्रेलियाका डेविड वार्नरले आफ्नो सयौं एक दिवसिय खेल खेल्दै १२४ रन प्रहार गरे भने आरन फिन्च ले ९४ रन को पारी खेलेका थिए । उक्त जोडीले पहिलो विकेटका लागी २३१ रन को साझेधारी गर्दै टिमलाई उत्कृष्ट सुरुवात दिलाएका थिए ।

११९ बल मा १२ चौका र ४ छक्का हानेका वार्नर को यो एक दिवसिय क्रीकेट खेल जीवन मा १४ सतक हो । सयौं खेलमा सतक प्रहार गर्ने वार्नर अष्ट्रेलियाको लागी यस्तो रेकर्ड बनाउने पहिलो खेलाडी बनेका छ ।

ट्राविस हेडले २९ र पिटर ह्यान्ड्स्कम्बको ३० बलमा ४३ रन को मद्ददले अष्ट्रेलिया ३३४ रन बनाउन सफल भयो । भारतका लागी उमेश यादवले ४ र केदार ज्यादव ले १ विकेट लिन सफल भए ।

दोस्रो इन्निङ्स

Photo: ICC/Twitter

Photo: ICC/Twitter

३३५ को बिशाल लक्ष्य लिएर मैदानमा उत्रेको भारतले पुरा खेल खेल्दै ३१३ रन मात्र बनाउन सफल भयो । रोहित शर्मा (६५) र अजिन्के रहाणे (५३) दुबैले भारतका लागि अर्धसतक प्रहर गर्दै गतिलो सुरुवात त दिन सफल भए तर जित भने दिलाउन सकेनन । उक्त जोडीले १०६ रनको साझेधारी गरेका थिए ।

भारतका लागि पाँच खेलाडीले ३० रन बनाउन सफल भए तर कसैले पनि लामो पारी खेल्न भने सकेनन । हार्दिक पाण्डेले ४१, विराट कोहली (२१), मनिश पाण्डे (३३) र धोनी ले १३ रन बनाएका थिए । ६९ बलमा ६७ रन बनाएका केदार ज्यादव ले केहि आशा जगाए पनि अष्ट्रेलियाका तिब्र गतीका बलरहरुले उनिहरुलाई ३१३ मा रोक्न सफल भए ।

रिचारड्सनले ३, कोल्टेर नाइलले २ र कम्मिन्सले १ विकेट लिदै अष्ट्रेलियाको बिदेशी भुमीमा लगातार १३ खेलको हार समाप्त पारिदिए ।

पाँच खेलको सिरिजमा भारतको ३-१ अग्रता रहेको छ । अन्तिम तथा पाँचौ खेल अक्टुबर १ मा नागपुरमा खेलाईनेछ ।

Most Popular

To Top