International News

श्रीलङका विरुद्धको सिरीजमा भारतको ह्वाइटवास, विराटले पछि पारे रिकी पोन्टिङलाइ

श्रीलंका विरुद्धको पाचौ तथा अन्तिम खेलमा श्रीलंका ६ विकेटले विजयी भएको छ । हारपछि श्रीलंकाले पाच खेलको श्रृखला पाच शुन्यले नै गुमाएको छ ।

कोलम्बोमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका ४९ ओभर चार बलमा दुई सयय ३८ रनमा अलआउट भयो । उसका लागि लहिरु थिरमानेले ६७ तथा एञ्जेलो म्याथ्युजले ५५ रन बनाउनु बाहेक बाकि खेलाडीले खासै राम्रो खेल्न सकेनन । श्रीलंकालाई कम स्कोरमा रोक्न भुवनेश्वर कुमारले पाच विकेट लिए भने जस्प्रित बुम्राहले दुई विकेट हात पारे ।

जवाफमा भारतले ४६ ओभर तीन बलमा चार विकेट गुमाउदै लक्ष्य पुरा गरयो । भारतको जितमा कप्तान विराट कोहलीले सतकिए पारी खेले । उनले एक सय १६ बलमा एक सय १० रन बनाए । यस्तै केदार जादवले ६३ रन बनाए । जारी प्रतियोगितामा लगातार दोस्रो सतक प्रहार गरेका विराट एकदिवसिय क्रिकेट धरै सतक प्रहार गर्ने दोस्रो खेलाडी बनेका छन । उनले सर्वाधिक सतकको सुचिमा रिकी पोन्टिङसंग बराबरी गरेका छन । विराट भन्दा अगाडी सचिन तेन्दुलकर रहेका छन । उनले कुल ४९ सतक प्रहार गरेका छन ।

Most Popular

To Top