International News

भारतसँगको हारसँगै श्रीलङकाले आउदो विश्वकपको छनोट खेल खेल्नुपर्ने

श्रीलंका विरुद्धको चौथो एकदिवसिय क्रिकेट खेलमा पनि भारत १६८ रनको भारी अन्तरले विजयी भएको छ । जितसगै भारतले पाच खेलको श्रृखलामा चार शुन्यको अग्रता बनाएको छ ।

कोलम्बोस्थित प्रेमादासा क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको भारतले कप्तान बिराट कोहली र रोहित शर्माको शतकीय पारीमा पुरै ५० ओभर खेल्दै ५ विकेट गुमाएर ३७५ रनको उच्च योगफल तयार गरेको थियो । भारतको उच्च योगफलमा म्यान अफ द म्याच घोषित कप्तान कोहलीले ९६ बलमा १७ चौका र २ छक्का सहित १३१ रन बनाए । शर्माले ८८ बलमा ११ चौका र ३ छक्कासहित १०४ रन बनाए । भारतको लागि कोहली र शर्माले दोस्रो विकेटको लागि २१९ रनको साझेदारी गरेका थिए ।
त्यस्तै उसका मनिश पाण्डे ५० रनमा अविजित रहँदा महेन्द्र सिंह धोनी पनि ४९ रनमा अविजित रहे । श्रीलंकाका एन्जेलो म्याथ्युजले २ विकेट लिए ।

३७६ रनको लक्ष्य पछ्याएको श्रीलंका ४२ ओभर ४ बलमा २०७ रनमा समेटियो । श्रीलंकाको लागि एन्जेलो म्याथ्युजले ७० तथा मिलिडा सिरिवर्दानाले ३९ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले उलेख्य रन जोड्न सकेनन् । श्रीलंकालाई सस्तैमा समेट्न भारतका जस्प्रित बुमराह, हार्दिक पाण्डय र कुलदिप यादबले समान दुई दुई विकेट लिए । यस हारसँगै श्रीलंकाले आगामी वर्ष बेलायतमा आयोजना हुने आइसीसी विश्वकप क्रिकेटमा सिधै छनोट हुने मौका समेत गुमाएको छ । अब श्रीलंकाले विश्वकपको लागि छनोट खेल खेल्नु पर्ने हुन्छ । यदि वेष्ट इन्डिजले आफुले खेलेको खेल गुमाएमा भने श्रीलंकाले विश्वकप छनोट खेल्नु पर्ने हुन्न । सन् २०१९ मा हुने विश्वकपमा छनोट हुन् श्रीलंकालाई भारतबिरुद्धको एक दिवसीय सिरिज मध्ये कम्तिमा पनि दुई खेल जित्नु पर्ने हुन्थियो । तर, चौथो खेलको हारले श्रीलंकाको त्यो सम्भावना सकिएको हो ।

अब दुई टोलीबीच आइतबार अन्तिम एकदिवसीय खेल्ने छन् । भारतले आइतबार हुने अन्तिम तथा पाँचौ एकदिवसीय जिते सिरिजमा क्लिन स्विप गर्ने छ । यसअघि भारतले घरेलु टोलि बिरुद्धको टेष्ट सिरिज पनि क्लिन स्विप गरेको थियो ।

Most Popular

To Top