National News

अलविदा जयकुमार नाथ शाह

नेपाल क्रिकेट संघमा चार दशक बढी नेतृत्वमा रहेका क्यानका पूर्व अध्यक्ष जयकुमार नाथ शाहको पार्थिव शरिरको आज अन्त्यष्ठी गरीएको छ ।

बुधबार विहान उपचारका क्रममा निधन भएका शाहको पार्थिव शरिरलाइ थापाथली स्थित उनको निवासमा श्रद्धाञ्जलीका राखिएको थियो । जसमा खेलकुद क्षेत्रका विशिष्ट व्यक्तित्वहरुले शाहप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। श्रद्धाञ्जली सभामा नेपाली क्रिकेट खेलाडी सहित युवा तथा खेलकुदमन्त्री राजन केसी, क्यानका पूर्वअध्यक्ष विनयराज पाण्डे लगायत निर्वाचित क्यानका पदाधिकारीहरुको पनि उपस्थिती थियो । यस्तै उनका आफन्तका साथै विभिन्न राजनितकी दलका नेताहरुले पनि शाहलाइ श्रद्धाञ्जली दिएका थिए । शाहको आज पशुपति आर्यघाटमा विधिवत रुपमा अन्तेष्टी गरिएको छ।

लामो समयदेखि मुटु रोगबाट ग्रसित ९० वर्षीय शाहको उपचारका क्रममा बुधबार नर्भिक अस्पतालमा मृत्यु भएको हो। शाह सन् १९६४ देखि २००६ सम्म क्यानका अध्यक्ष थिए । २०६३ सालमा अध्यक्षबाट हटेपछि उनी सार्वजनिक कार्यक्रमहरूमा निकै कम देखिने गरेका थिए । २०३७ देखि २०५७ सम्म अञ्चल र जिल्लास्तरीय जय ट्रफी राष्ट्रिय प्रतियोगिता उनकै नाममा आयोजना गरिएको थियो । राष्ट्रिय खेलकुद परिषद्ले राष्ट्रिय विभूति र राजपरिवार बाहेक अन्यका नाममा राष्ट्रिय प्रतियोगिता गर्न नपाइने नियम बनाएपछि जय ट्रफी क्रिकेट वीरेन्द्र स्मृति राष्ट्रिय क्रिकेटमा रुपान्तरित भएको थियो ।

उनले सन् १९८६ मा नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको एफिलिएट सदस्यता दिलाउन प्रमुख भूमिका खेलेका थिए । त्यसको १० वर्षपछि नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेटको सर्वोच्च निकायबाट एसोसिएट सदस्यता दिलाउने प्रमुख व्यक्ति पनि शाह नै थिए । आईसीसीले सन् २००३ देखि एसोसिएट राष्ट्रका लागि आईसीसी डेभलपमेन्ट प्रोग्राम अवार्ड शाह प्रदान गरेको थियो । पहिलो वर्ष नै शाह त्यसमा लाइफटाइम सर्भिस अवार्डबाट सम्मानित भएका थिए । उनी विश्व क्रिकेटको नियमन निकाय इङल्यान्डको मेरिलेबोन क्रिकेट क्लबका मानार्थ सदस्य पनि हुन् । उनले उक्त सदस्यता २००८ मा पाएका थिए । विश्व क्रिकेटको पुरानो क्लबबाट मानार्थ सम्मान पाउने शाह एक्लो नेपाली हुन् ।

Most Popular

To Top