National News

माछापुच्छ्रे क्रिकेट लिगको उपाधिका लागि डाउन टाउन र पर्वत टाइटन्स भिडने

पोखरामा जारी माछापुच्छ्रे क्रिकेट लिगको उपाधिका लागि डाउन टाउन र पर्वत टाइटन्स विच प्रतिस्पर्धा हुनेछ ।

पोखरामा भएको दोस्रो क्वालिफायर्समा पर्वत टाइटन्सले माछापुच्छ्रे लायन्सलाई पाच विकेटले हराउदै फाइनलमा स्थान बनायो । टस तिजेर पहिले ब्याटिङ गरेको माछापुच्छ्रेले २० ओभरमा चार विकेट गुमाउदै एक सय १८ रन बनाएको थियो । उसका लागि दिपेश खत्रीले ४० तथा महेश रेग्मीले ३८ रन बनाए । जवाफमा पर्वत टाइटन्सले १८ ओभरमा पाच विकेट गुमाउदै लक्ष्य पुरा गरयो ।

उसका लागि साहिल कार्कीले ३१ तथा पारस लामीछानेले २७ रन बनाए । फाइनल खेल शनिबार हुनेछ । प्रतियोृगिताको विजेताले तीन लाख तथा उपविजेताले एक लाख ५० हजार रुपैया पाउनेछन । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले २० हजार हात पार्नेछ ।

Most Popular

To Top