National News

माछापुच्छ्रे क्रीकेट लिगमा आयोजकको विजयी सुरुवात

पोखरामा जारी माछापुच्छ्रे क्रीकेट लिगको पहिलो खेलमा आयोजक माछापुच्छ्रे लायन विजयी भएको छ । भिएम वारियर्स बाग्लुङलाइ 34 रनले हराउदै विजयी सुरुवात गर्यो ।

पोखरामा भएको खेलमा पहिले ब्याटिङ गरेको माछापुच्छ्रेले २० ओभरमा एक सय ११ रन बनायो । माछापुच्छ्रे का लागि कप्तान दिपेश खत्रीले 40 बलमा 28 रन बनाए । वारियर्स का सन्देश छन्त्याल ले 3.5 ओभर बलिङ गर्दै एक मेडन सहित 19 रन खर्चेर 3 विकेट दिलाए ।

जवाफमा वारियर्स २० ओभरमा आठ विकेट गुमाउदै ७७ रन मात्र बनाउन सक्यो । उसलाइ कम स्कोरमा रोक्न म्यान अफ द म्याच बनेका दिपेश खत्रीले कसिलो बलिङ गरे । उनले चार ओभरमा दुइ मेडेन राख्दै पाच रन खर्चेर एक विकेट लिए ।

Most Popular

To Top