In Focus

गृहमन्त्री देखि खेलकुद मन्त्री गर्छन निरीक्षण, मैदानको काम भने कहिले सकिदैन

नेपाल सरकारले मुलपानीमा अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउने भनेर काम सुरु गरेको बर्षो भइसक्यो । १५ हजार दर्शक क्षमताको प्याराफिट सहितको मैदान योजना अनुसार अगाडी बढेको भए अहिलेसम्म सकिसक्नुपर्ने हो । तर केहिले जग्गा विवाद त कहिले अरु समस्या, जसका कारण मैदानको काम कहिले सकिन्छ त्यसको स्पष्ट जवाफ कोहिसंग छैन ।

मुलपानीको तल्लो क्रिकेट रंगशालाको परिचय बनाएको यो मैदानको अवस्था हेर्दा चाडै नै तयार हुन्छ भन्ने लाग्छ । मैदान सम्याउने देखि तीन वटा प्याराफिट पनि बनाइएको छ । कुल नौ वटा ब्लक मध्ये तीन वटा बनाइएपनि बाकि भने कहिले बन्ने हुन त्यो पनि एकिन छैन । मैदानको अवस्थाका बारेमा बुझन युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसी पनि पुगे । तर नया मन्त्री यो मैदानमा पुगेर निरीक्षण गरेको र चाडै पुरा हुन्छ भन्ने आश्वासन दिएको पहिलो पटक भने होइन । यसअघि तत्कालिन गृहमन्त्री बामदेव गौतम सहित पुर्व खेलकुद मन्त्री दलजित श्रीपाली पनि यो मैदानमा पुगेर समस्या सबै समाधान हुने र चाडै पुरा हुने भन्ने आश्वासन दिएका थिए । तर अहिलेसम्स रोकिएको काम सुचारु हुन सकेको छैन । यसपटक पनि मन्त्री केसीले चाडै स्थानियसगको सहकार्यमा मैदानको जग्गा मुवाब्जा लिने बताए । तर स्मरण होस यसअघि मुलपानिकै माथि रहेको जुन नेपाल क्रिकेट सघले बनाउने भनेको मैदानमा पनि स्थानियवासीले अवरोध गर्दा पटक पटक काम रोकिएको थियो ।

नेपाल सरकारको गौरवको योजनामा रहेको क्रिकेट मैदानमा मुख्य समस्या जग्गा मुवाब्जा लिन नसक्नु रहेको छ । पश्चिम पट्टिको ५२ आना जग्गा राष्ट्रिय खेलकुद परिषदले लिन नसक्दा मैदानको समयसिमा बढदै गएको छ । यसअघि सो स्थानमा रहेका परिवारलाई दुई लाख दिइसकेको छ । सो स्थानमा रहेका १० परिवारले भने प्रतिआना आठ लाख रुपैया चाहिन्छ भनेर ढिट गरेपछि मुवाब्जाको काम टप्प भएको छ । अहिलेसम्म यो मैदानका लागि १५ करोड रुपैया खर्च भइसकेको छ । स्थानियकबासीको सहयोग नहुदा पनि जग्गाको मुवाब्जाको कामले मुर्त रुप पाउन सकेको छैन । दुइ सय ९६ रोपनी जग्गा मध्ये मात्र ५२ आनाको काम रोकिदा यो योजनालाइ अलपत्र पार्ने काम भइरहेको भान पनि नहुने होइन ।

पछिल्लो पटक यो जग्गाको मुवाब्जाका लागि प्रति आना पाच लाख रुपैया दिने निर्णय भएपनि केहि स्थानियबासीको विरोधका कारण काम अगाडी बढन सकेको छैन । १७ करोडमा ठेक्का पाएको प्रेणा मुन्ना एण्ड आचार्य जेभीले पुस महिनासम्म काम सकेर सरकारलाई हस्तान्तरण गर्ने लक्ष्यमा भएपनि अवस्था हेर्दा निकै कठिन देखिएको छ । मैदानको स्वरुप तयार भएपनि त्यसको रेखदेखको पाटो अर्को छ । यदि सरकारले ठोस निर्णय लिनसके किर्तीपुरपछि अर्को मैदान नेपालले पाउने थियो । तर कहिले मुद्धा कहिले आउको बजेट फ्रिज हुने र कहिले ठेकेदार नै ढिलो गर्ने गर्नाले काम कहिले सकिनेहो त्यो भने भन्न सकिने अवस्था छैन ।

Most Popular

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Subscribe !

Subscribe to our email newsletter


Copyright © 2017 Cricnepal.com. All Rights Reserved.

To Top