Nepal Mens

नेपाली टिम अभ्यासका लागि भारत जाने योजनामा, हङकङमा एक अभ्यास खेल खेल्ने

Sharad Vesawkar

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङ विरुद्धको खेलका लागि नेपाली टिम यतिबेला तयारीमा ब्यस्त छ । प्रतियोगिता आउने करीव एक महिनाको समय बाकि रहेका बेला नेपाली टिमलाई मुख्य चुनौती प्रशिक्षण स्थलको अभाव रहेको छ । जसका कारण नेपाली टिम भारतमा गएर प्रशिक्षण गर्ने तयारीमा छ ।

अक्टोबर १३ र १५ तारिखमा हङकङको घरेलु मैदानमा हुने खेलका लागि नेपाली टिम पछिल्लो एक साता देखि निरन्तर प्रशिक्षण गरिरहेको छ । फिटनेसका साथै नेट प्रशिक्षणमा रहेको टिमलाई बर्षा सिजन भएका कारण सोचेको जस्तो प्रशिक्षण भने पाउन सकेको छैन । एक त मौसमले साथ नदिनु त्यसमा पनि अन्डर नाइन्टिन टिमको पनि एकै समयमा प्रशिक्षण भएकाले केहि कठिन भने भएको छ । प्रशिक्षक टमाटा भन्छन, रेनी सिजन भएकाले केहि गाहे भएको छ, मौसम खुल्नासाथ अभ्यास गर्छो ।

यसपटकको टिममा अनुभवी र नया खेलाडीको मिश्रण रहेको छ । सुरुवातमा २५ जना खेलाडीलाई प्रशिक्षणमा बोलाइएको छ । जसमा केहि खेलाडी अन्डर नाइन्टिन टिमका पनि रहेका छन । श्वास्थ्य अवस्थाका कारण अनुभवी खेलाडी शक्ति गौचन यसपटक टिममा हुनेछैनन । उनको स्थान नया खेलाडीले लिने सम्भावना देखिएको छ । यो विषयमा बोल्दै टमाटाले भने ब्याटिङका साथै बलिङमा राम्रो लयमा रहेका खेलाडीलाई टिममा समावेश गर्ने हो, यो होइनकी सिनियर हो टिममा पर्छ, जसले राम्रो खेल्छ त्यसले अवश्य स्थान पाउन ।

घरमा बर्षाले केहि समस्या दिएपछि नेपाली टिम १० दिनको प्रशिक्षणका लागि भारत जाने तयारीमा रहेको छ । यसका लागि आइसीसीसंग कुरा भइरहेको प्रशिक्षकको भनाइ छ । भारतको चेन्नेईमा गएर चार अभ्यास खेल खेल्ने र हङकङका पनि केहि अगाडी गएर एक अभ्यास खेल खेल्ने योजनामा हामी रहेका छौ टमाटाले भने ।

हाल लिगको छैटौ स्थानमा रहेको नेपालका लागि हङकङ विरुद्धको खेल निकै नै महत्वपुर्ण रहेको छ । यो दुई खेलले नेपाली टिमको आगामी यात्रा तय गराउनेछ भन्दा पनि कम नहोला । हङकङलाई उसकै मैदानमा हराउनु नेपाललाई चुनौती त छ नै त्यस भन्दापनि बढि चुनौती आफुलाई प्रतियोगितामा अगाडी बढाउनु रहेको छ ।

Most Popular

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Subscribe !

Subscribe to our email newsletter


Copyright © 2017 Cricnepal.com. All Rights Reserved.

To Top