Nepal Cricket

चेन्रेइमा नेपालको लगातार दोस्रो जित, फोटो फिचर

हङकङ विरुद्धको खेलका लागि भारत भ्रमणमा नेपाली क्रिकेट टिमले लगातार दोस्रो जित निकालेको छ । आज भएको खेलमा नेपालले मिलापुर रिक्रियसन क्लबलाई ५२ रनले पराजित गरेको छ ।

नेपालले टस जितेर ब्याटिंग गर्दै नेपालले ५० ओभरमा सात विकेट गुमाउदै २५२ रनको लक्ष्य दिएको थियो । नेपालको इनिंगमा ज्ञानेन्द्र मल्लले सतक प्रहार गरे । ओपनिंग ब्याटिंग गरेका मल्ल १०० रन बनाएर रिटायर्ड आउट भएका थिए । शतक प्रहार गर्ने क्रममा १३ चौका र १ छक्का प्रहार गरे । पहिलो विकेटको लागि सागर पुनसंग ६७ रनको साझेदारी गरेका मल्लले दोश्रो विकेटको लागि शरद भेसावकरसंग १०० रन भन्दा बढीको साझेदारी गरेका थिए ।

नेपालको लागि शरद भेसावकरले ४८ रनको योगदान दिए । यस्तै ओपनर सागर पुनले २५, पारस खड्काले २२ रन तथा करन केसीले २० रन बनाए । शरदले ३ चौका प्रहार गरे भने पारसले ३ छक्का तथा करनले १ चौका र २ छक्का प्रहार गरेका थिए ।
नेपालले दिएको २५२ रन लक्ष पछ्याउने क्रममा मिलापुरले पुरै ५० ओभर ब्याटिंग गर्दै ८ विकेट गुमाई १९९ रन मात्रै बनाउन सक्यो । मिलापुरको लागि ओपनर सुधन सन्जिबले ३७ तथा आर बिबेकले ३८ रन बनाउदै ओपनिंग साझेदारीको रुपमा ७४ रन जोडेका थिए । त्यसपछि पहिलो विकेट गुमाएको मिलापुरले लगातार विकेट गुमाएको थियो । यस्तै मोहम्मद आसिफले ३३ रनको योगदान दिएका थिए भने ए रथ्नमले अविजित ३५ रन बनाए ।

नेपालको लागि सुशन भारि र सागर पुनले २/२ विकेट हात पारे । नेपालले अब तेश्रो अभ्यास खेल सेप्टेम्बर २३ र चौथो २५ तारिकमा खेल्ने तालिका रहेको छ । टिम सेप्टेम्बर २७ मा स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ।
फोटो फिचर
तस्विर रमन सिवाकोटी

Most Popular

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Subscribe !

Subscribe to our email newsletter


Copyright © 2017 Cricnepal.com. All Rights Reserved.

To Top