National News

नेपाली क्रिकेट टिम भारत प्रस्थान, चेन्नेइमा ४ अभ्यास खेल खेल्ने

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र हङकङ विचको खेलका लागि नेपाली टिम भारत प्रस्थान गरेको छ । भारतमा नेपालले १० दिनको प्रशिक्षणमा चार वटा अभ्यास खेल खेल्नेछ ।

अक्टोबर १३ र १५ तारिखमा हुने खेलका लागि नेपाली टिम थप अभ्यास गर्न भारत गएको हो । भारतको चेन्नेईमा नेपालले चार वटा अभ्यास खेल खेल्नेछ । आज विहान जेट इयरबाट भारत गएको नेपाली टिममा रहेका अन्डर नाइन्टिन खेलाडी मलेसियाबाट सोझै भारत जानेछन । नेपालले चेन्नेइमा स्थानीय क्लव टिमसंग १९, २१, २३, २५ तारिखमा अभ्यास खेल खेल्नेछ । टिम २७ सेप्टेम्बरमा नेपाल फर्कनेछ ।

Most Popular

To Top