ICC World Cricket League Championship

हङकङ विरुद्धको खेलका लागि शुसिल र ललित पहिलो पटक टिममा

आगामी महिना अन्टोबरको १३ र १५ गते घरेलु टोलि हङकङ बिरुद्द हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलिको नाम सार्वजनिक गरिएको छ ।

भरपर्दा खेलाडी शक्ति गौचनको अनुपस्थितीमा बायाँ हाते स्पिनर शुशिल कँडेललाई पहिलो पटक टोलिमा समावेश गरिएको छ । यस्तै बायाँ हाते तिब्र गतिका बलर ललित सिंह भण्डारीले पनि अन्तिम चौधमा आफ्नो स्थान सुरक्षित गरेका छन ।

सन् २०१३ मा युएई आयोजना भएको ट्वान्टि ट्वान्टि विश्व कप छनोट र सन् २०१४ मा बंगलादेशमा भएको ट्वान्टि ट्वान्टि विश्व कपमा उत्कृट परेका जितेन्द्र मुखिया यस पटक पनि अन्तिम चौधमा अटाउन सकेनन् । विश्व क्रिकेट लिग अन्तर्गतकै केन्या विरुद्दको खेलमा उत्कृष्ट बलिङ प्रदर्शन गरेका भेट्रान बलर मेहबुब आलमले पनि अन्तिम चौधमा आफ्नो स्थान बनाउन सकेनन् ।

Lalit Singh Bhandari

हङकङ विरुद्धको खेलका लागि १४ सदस्यीय टोलीको घोषणा

अलराउन्डर कुशल भुर्तेल र ब्याट्सम्यान नरेश बुढायर पनि बैकल्पिक खेलाडीमा परेका छन । कुशलले नेपालका लागि यू १९ टोलिबाट खेली सकेका छन् भने नरेशले राष्ट्रिय टोलिको प्रतिनिधित्व गरिसकेका छन् ।

हङकङ विरुद्द हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट हाल चेन्नेइमा रहेको छ । नेपालले ११ दिनको चेन्नाई बसाईमा सेप्टेम्बर १९,२१,२३ र २५ मा गरेर चारवटा अभ्यास खेल पनि खेल्नेछ ।

नेपाल अन्तिम ४ मा पर्दै विश्वकप छनोटमा स्थान बनाउनका लागि हङकङलाई पराजित गर्नै पर्ने हुन्छ । नेपालले हङकङपछि आफ्नो अन्तिम खेल युएईसँग खेल्नेछ ।

Most Popular

To Top