National News

नेपाल फाइनलमा, मलेसिया १० विकेटले पराजित,

मलेसियालाई १० विकेटको भारी अन्तरले हराउदै नेपाल एसीसी अन्डर नाइन्टिन एशिया कप छनोटको फाइनलमा पुगेको छ ।

मलेसियाको किनरारा ओभल मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले एक सय २२ रनको लक्ष्य दिएको थियो । मलेसियाको स्कोर १५ रन हुदा नेपालले पहिलो विकेट लिन सफल भयो । मलेसियाका ओपनर अजिज मुवारकलाई रोहितकुमार पौडेलले ब्यक्तिगत पाच रनमा पेभेलियनको बाटो देखाए । ६४ रन हुदासम्म मात्र दुई विकेट गुमाएको मलेसियाले त्यसपछि ७७ रन हुदा चार विकेट खेर फाल्यो । एकपछि अर्को विकेट गुमाएको मलेसियाले ९४ रन बनाउदा महत्वपुर्ण छ विकेट गुमायो । त्यसपछि एक सय १५ रन हुदा मलेसियाको आठ विकेट झरयो ।

मलेसियाका लागि नलिन डीसिल्भाले ३९ तथा कप्तान भिरन्दीप सिंहले २५ र मोहमद साहरीलले १६ रन बनाउदा बाकि खेलाडी सस्तैमा आउट भए । नेपाली बलरसामु कमजोर देखिएको मलेसिया अन्तत ४२ ओभरमा एक सय २१ रनमा अलआउट भयो । आजपनि कप्तान दिपेन्द्र सिंह ऐरीको बलिङ मलेसियालाई घातक बन्यो । मलेसियाको पारीलाई कमजोर बनाउन दिपेन्द्रसिंह ऐरीले पाच विकेट लिए ।

जवाफमा नेपालले २३ ओभर एक बलमा विना विकेट गुमाउदै लक्ष्य पुरा गरयो । नेपालको जितमा सन्दिप सुनार र आशिफ शेखको ओपनिङ जोडीले उत्कृष्ट साझेदारी गर्दै नेपाललाई जित दिलाए । आशिफले अविजीत ५० रन बनाउदा सन्दिपले अविजीत ५१ रन बनाए । नेपालले उपाधि जितेमा एशिया कपमा स्थान बनाउनेछ ।



Most Popular

To Top