Nepal Mens

नेपालद्वारा डिंडीगुल ड्रेगन्स १५३ रनले पराजित

Basant Regmi

भारत भ्रमणमा रहेको नेपालले आफ्नो पहिलो अभ्यास खेलमा तमिलनाडु प्रिमियर लिगको टोली डेन्डिगुल ड्रागन्सलाइ एक सय ५३ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

चेन्नाइ स्थित एस आर एम युनिभर्सिटीको मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउदै २१६ रन बनाएको थियो । ८५ रनमा ६ विकेट गुमाएको नेपालको पारीलाइ सोमपाल कामी र बसन्त रेग्मीले उकासेका थिए । नौ दशमलब दुइ ओभरमा २८ रन हुदा पहिलो विकेटका रुपमा ओपनर सागर पुन आउट भएका थिए । उनी १५ रनमा पवेलियन फर्किए । शरद भेषावकर एक रन र पारस खड्का गोल्डेन डक आउट भएपछि नेपालको पारी कमजोर बनेको थियो । लगत्तै अर्का ओपनर ज्ञानेन्द्र मल्ल पनि ३९ रनमा मैदान बाहिरिए । विनोद भन्डारी पांचौ विकेटका रुपमा एक रनमा आउट भए ।

आरिफ शेख पनि २१ रनमा आउट भएपछि नेपाल ८५ रनमा ६ विकेटको अवस्तामा पुगेको थियो । तर सोमपाल र बसन्तले आक्रमक ब्याटिङ गर्दै नेपाल लाई सस्तैमा रोकिन बाट बचाए । सोमपाल र बसन्तले सातौ विकेटका लागि एक सय रनको महत्वपुर्ण साझेदारी गरे । सोमपाल ७७ वलमा ६६ रन बनाए । सोमपालले चार छक्का र दुइ चौका हिर्काएका थिए । बसन्त ५६ रनमा अविजीत रहे । उनको पारीमा दुइ चौका र एक छक्का सामेल थियो । बलिङ तर्फ डेन्डिगुल ड्रागन्सका एक अरबिन्दले चार विकेट लिए । जवाफमा नेपाली वलरले उत्कृष्ट वलिङ गरेपछि डेन्डिगुल ३५ ओभर तीन वलमा मात्र ६३ रनमा अल आउट भयो ।

डेन्डिगुललाइ सस्तैमा समेट्ने क्रममा सागरले तीन तथा सोमपाल र संदिप लामिछानेले दुइ दुइ विकेट लिए । ललित भन्डारी र सुसिल कंडेलले एक एक विकेट लिए । नेपालले अर्को अभ्यास खेल बिहिबार खेल्नेछ । विश्व क्रिकेट लिग च्यामिपयनसिप अन्तर्गत हङकङ विरुद्धको खेलको तयारी लागि हाल नेपाली टोली भारतमा रहेको छ । नेपाल र हङकङ बीचको खेल असोज २७ र ३० गते हुदैछ ।

फोटो फिचर:
तस्विर: रमन सिवाकोटी

Most Popular

To Top