Nepal U19 Cricket

एसीसी अन्डर १९ सेमी-फाइनल: नेपालले टस जितेर बल्लिङ गर्दै

Nepal U19

एसीसी अन्डर नाइन्टिन एशिया कप छनोट अन्तर्गत सेमी-फाइनल खेलमा नेपालले अहिले मलेशिया सँग खेलिरहेको छ ।

मलेसिया स्थित किनरारा ओवल मैदानमा जारी खेलमा नेपालले टस जितेर मलेशियालाई ब्याटिङ गर्न निम्तो दिएको छ ।

आज को खेल का लागी अन्तिम ११ यस प्रकार रहेका छन – दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, सन्दीप सुनार, अनिल कुमार शाह, पवन शराफ, किशोर महतो, रोहित कुमार पौडेल, आशिफ सेख, प्रनीत थापा मगर, शाहअब आलम र सुमित महर्जन ।

जारी प्रतियोगितामा नेपाल टिम अपराजित टिम रहेको छ । नेपालले पहिलो खेलमा थाइल्याण्डलाई दुई सय ५५ रन हराएको थियो भने भुटानलाई नौ विकेटले पराजित गरेको थियो । यस्तै समुह चरणको अन्तिम खेलमा सिंगापुरलाई ७ विकेट ले पराजित गर्दै समुह विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो ।

Most Popular

To Top