Nepal U19

नेपाललाइ सातौ सफलता

एसीसी यू–१९ एशिया कप छनोट अन्तर्ग नेपालले अहिले भुटान विरुद्ध खेलिरहेको छ ।

मलेसियाको किनरारा ओभल मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भुटानले सुरुवातमा नै विकेट गुमाएको छ । भुटानको स्कोर चार रन हुदा जीवन घले मात्र एक रनमा पेभेलियन फर्किए । उनलाई नन्दन यादवले एलबीडब्लु आउट गरेका हुन । आज नेपाली टिममा एक खेलाडी परिवर्तन गरिएको छ । त्यसपछि भुटानको स्कोर १५ रन हुदा नेपालले दोस्रो विकेट झारयो । कप्तान दिपेन्द्रसिंह ऐरीले भुटानका नुवाङ थिन्लेलाई पाच रनमा पेभेलियन फर्काए । त्यसको लगत्तै नेपालले तेस्रो विकेट लिन सफल भयो । यसपटक पनि कप्तान दिपेन्द्रले नै पेम चेदुपलाई खाता खोल्न नदिदै पेभेलियन फर्काए ।

भुटानको २९ रन हुदा नेपालले चौथो विकेट लियो । नेपालका लागि दिपेन्द्रले दोर्जीलाई दिपेन्द्रले १३ रनमा आउट गरे । लगत्तै दिपेन्द्रले नै ब्यक्तिगत चौथो विकेट लिएपनि भुटानले २९ रनमा पाच विकेट गुमायो । दिपेन्द्रको कसिलो बलिङ यतिमा रोकिएन । भुटानको स्कोर ३६ रन हुदा पुन दिपेन्द्रले छैटौ सफलता दिलाए । भुटानका गोकुलकुमार घले चार रनमा आउट भए । एकपछि अर्को विकेट गुमाएको भुटानको स्कोर ४४ रन हुदा नेपालले सातौ सफलता हातपारयो । यसपटक सन्दिप लामिछाने नेपाललाई विकेट दिलाए ।

स्कोर ४४ रनमा सात विकेट भुटानको

Latest News

To Top