Nepal U19 Cricket

नेपाललाइ पाँचौ सफलता, कप्तानले लिए चार विकेट

एसीसी यू–१९ एशिया कप छनोट अन्तर्ग नेपालले अहिले भुटान विरुद्ध खेलिरहेको छ

मलेसियाको किनरारा ओभल मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भुटानले सुरुवातमा नै विकेट गुमाएको छ । भुटानको स्कोर चार रन हुदा जीवन घले मात्र एक रनमा पेभेलियन फर्किए । उनलाई नन्दन यादवले एलबीडब्लु आउट गरेका हुन । आज नेपाली टिममा एक खेलाडी परिवर्तन गरिएको छ । त्यसपछि भुटानको स्कोर १५ रन हुदा नेपालले दोस्रो विकेट झारयो ।

कप्तान दिपेन्द्रसिंह ऐरीले भुटानका नुवाङ थिन्लेलाई पाच रनमा पेभेलियन फर्काए । त्यसको लगत्तै नेपालले तेस्रो विकेट लिन सफल भयो । यसपटक पनि कप्तान दिपेन्द्रले नै पेम चेदुपलाई खाता खोल्न नदिदै पेभेलियन फर्काए । भुटानको २९ रन हुदा नेपालले चौथो विकेट लियो । नेपालका लागि दिपेन्द्रले दोर्जीलाई दिपेन्द्रले १३ रनमा आउट गरे । लगत्तै दिपेन्द्रले नै ब्यक्तिगत चौथो विकेट लिएपनि भुटानले २९ रनमा पाच विकेट गुमायो ।

Most Popular

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Subscribe !

Subscribe to our email newsletter


Copyright © 2017 Cricnepal.com. All Rights Reserved.

To Top