Nepal U19 Cricket

दिपेन्द्रको घातक बलिङ, भुटानका पाँच विकेट लिए

एसीसी यू–१९ एशिया कप छनोट अन्तर्ग नेपालले अहिले भुटान विरुद्ध खेलिरहेको छ।

मलेसियाको किनरारा ओभल मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भुटानले सुरुवातमा नै विकेट गुमाएको छ । भुटानको स्कोर चार रन हुदा जीवन घले मात्र एक रनमा पेभेलियन फर्किए । उनलाई नन्दन यादवले एलबीडब्लु आउट गरेका हुन । आज नेपाली टिममा एक खेलाडी परिवर्तन गरिएको छ । त्यसपछि भुटानको स्कोर १५ रन हुदा नेपालले दोस्रो विकेट झारयो । कप्तान दिपेन्द्रसिंह ऐरीले भुटानका नुवाङ थिन्लेलाई पाच रनमा पेभेलियन फर्काए । त्यसको लगत्तै नेपालले तेस्रो विकेट लिन सफल भयो । यसपटक पनि कप्तान दिपेन्द्रले नै पेम चेदुपलाई खाता खोल्न नदिदै पेभेलियन फर्काए ।

भुटानको २९ रन हुदा नेपालले चौथो विकेट लियो । नेपालका लागि दिपेन्द्रले दोर्जीलाई दिपेन्द्रले १३ रनमा आउट गरे । लगत्तै दिपेन्द्रले नै ब्यक्तिगत चौथो विकेट लिएपनि भुटानले २९ रनमा पाच विकेट गुमायो । दिपेन्द्रको कसिलो बलिङ यतिमा रोकिएन । भुटानको स्कोर ३६ रन हुदा पुन दिपेन्द्रले छैटौ सफलता दिलाए । भुटानका गोकुलकुमार घले चार रनमा आउट भए ।

Most Popular

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Subscribe !

Subscribe to our email newsletter


Copyright © 2017 Cricnepal.com. All Rights Reserved.

To Top