Nepal U19 Cricket

भोली भुटान र नेपाल खेल्ने, सन्दिपको जादु कतिको चल्ला खेलमा

एसीसी अन्डर नाइन्टिन एशिया कप छनोट अन्तर्गत नेपालले दोस्रो खेलमा भोली भुटानसंग खेल्दैछ ।

मलेसियाको किनरारा ओभल मैदानमा हुने खेल नेपाली समय अनुसार विहान सवा सात बजेबाट सुरु हुनेछ । पहिलो खेलमा थाइल्याण्डलाई दुई सय ५५ रनको भारी अन्तरले हराउदै उत्कृष्ट सुरुवात गरेको नेपालले तुलनात्मक रुपमा कमजोर टिम विरुद्ध पनि राम्रो रन रेटका आधारमा हराउने लक्ष्यमा रहेको छ । टिमका प्रशिक्षक विनोद दाशले थाइल्याण्ड विरुद्ध ब्याटिङ र बलिङ दुबै पक्षमा राम्रो गरेकाले त्यहि मोमेन्टम भुटान विरुद्ध पनि कायम राख्ने बताए । थाइल्याण्ड विरुद्ध उत्कृष्ट बलिङ गरेका सन्दिप लामीछानेको प्रदर्शन भोलीको खेलमा पनि महत्वपुर्ण हुनेछ ।

यस्तै ब्याटिङमा ९१ रन बनाएका अनिल शाह, सन्दिप सुनार, दिपेन्द्रसिंह ऐरी लगायतको प्रदर्शनले पनि नतिजामा धरै फरक पार्नेछ । नेपालले किनरारा ओभलमा पहिलो खेल खेल्दैछ भने भुटानले सिंगापुर विरुद्ध यहि मैदानमा पहिलो खेल खेलेको थियो । जसमा भुटान सिंगापुरसंग नौ विकेटले पराजित भएको थियो । प्रशिक्षक दाशले भोली खेलमा बर्षा नभएको खण्डमा टिमले भुटान विरुद्ध जित निकाल्नेमा ढुक्क भएको बताए । जारी प्रतियोगितामा भुटान कमजोर टिम मध्येको एक हो भने नेपाल उपाधि दावेदार मध्येको एक हो । समुहमा सिंगापुरले दुई खेलमा दुबैमा जित निकालेको छ भने नेपालले खेलेको एक खेलमा विजयी भएको छ ।


थाइल्याण्ड विरुद्धको नेपाली टिमको स्कोरकार्ड
ब्याटिङमा

बलिङमा

Most Popular

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Subscribe !

Subscribe to our email newsletter


Copyright © 2017 Cricnepal.com. All Rights Reserved.

To Top