Nepal U19 Cricket

यू-१९ क्रिकेट, हङकङ ब्याटिङमा

एसीसी अन्डर नाइन्टिन एशीया कप छनौट खेलको उपाधीका लागि अहिले नेपालले हङकङ सग प्रतिस्पर्धा गरिरहेको छ ।

मलेसियाको किनरारा ओभल मैदानमा जारी खेलमा नेपालले टस जितेर ब्याटिङ फिल्डिङ गरिरहेको नेपालले उत्कृष्टङ बलिङ गरिरहेको छ । नेपालका लागि अनिल कुमार शाहले पहिलो सफलता दिलाएका थिए । भएको छ । अनिल कुमार शाहले हङकङका ओपनर राग कपुरलाइ मात्र एक रनमा पभेलियन फर्काएका हुन् । नन्दन यादव घाइते भएपछि अनिलले उनको स्थानमा बलिङ गरेका थिए । दोस्रो विकेटका लागि भने नेपालले लामो समयनै कुर्नु पर्यो । १३ औं ओभरमा १६ रन बनाएका जाटहाभेदलाइ सुमित महर्जनले रन आउट गर्दै नेपालालइ खेलमा फर्काए ।

अर्को ओभरमा सहब आलमले ओपनर हरप्रित सिंहलाइ एलबिडब्लु आउट गरेपछि हङकङ दवावमा आयो । सिंहले २० रन बनाए । १६ औं आभेरमा स्पिनर साहवले दुइ विकेट लिएपछि हङकङको पारी कमजोर बनेको थियो । साहवले कबिर सोधीलाइ चार र वाजिद शाहलाइ दुइ रनमा रनमा मैदान बाहिर पठाएका थिए । । जसका कारण हङकङले ४९ रन बनाउदा पांच विकेट गुमायो । नेपाल सेमीफाइनलमा मलेसियालाइ दश विकेट पराजित गर्दै फाइनल पुग्दा हङकङले सिंगापुरलाइ हराएको थियो । उपाधी विजेता टोलीले नोभेम्बरमा मलेसियामानै हुने एशीया कपमा स्थान बनाउनेछ । जारी प्रतियोगितामा सुधारिएको ब्याटिङ प्रदर्शन गरिरहेको नेपालले आज हङकङ विरुद्ध पनि सोही लयलाइ निरन्तरता दिने अपेक्षा गरिएको छ ।

Most Popular

To Top