Nepal U19 Cricket

नेपालको चौथो विकेट झर्यो, उपाधि नजिक

एसीसी अन्डर नाइन्टिन एशीया कप छनौट खेल अन्र्तगत नेपालले हङकङबाट ७७ रनको लक्ष्य पाएको छ ।

मलेसियाको किनरारा ओभल मैदानमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङ ३२ ओभर एक बलमा मात्र ७६ रनमा अलआउट भयो । सात रन हुदा पहिलो विकेट गुमाएको हङकङले ४१ रन हुदा दोस्रो विकेट खेर फाल्यो । त्यसपछि नेपालको कसिलो बलिङसामु निरीह बनेको हङकङले ४९ रन हुदा पाच विकेट गुमायो । एकपछि अर्को विकेट गुमाएको हङकङले ७३ रन हुदा आठ विकेट झार्न पुग्यो । त्यसपछि थप तीन रन जोडदा हङकङ अलआउट हुन पुग्यो । हङकङलाई कम स्कोरमा रोक्न साहव आलम र सन्दिप लामीछानेले तीन तीन विकेट लिए ।

जवाफमा नेपालले सुरुवात राम्रो गर्न सकेन । १० रन हुदा पहिलो विकेट गुमाएको नेपालले त्यसपछि भने राम्रो ब्याटिङ गर्दै जित नजिक पुगेको छ । आशिफ शेख मात्र एक रनमा पेभेलियन फर्किए । नेपालको स्कोर ३९ रन हुदा तीन विकेट गुमायो । सन्दिप १९ रनमा आउट हुदा अनिल शाह १६ रनमा पेभेलियन फर्किए । नेपालको स्कोर ६३ रन हुदा कप्तान दिपेन्द्रसिंह ऐरी ब्यक्तिगत २२ रनमा आउट हुदा नेपालले चौथो विकेट गुमायो ।

Most Popular

To Top