Nepal U19 Cricket

नेपाल एशिया कपमा छनोट, हङकङ ५ विकेटले पराजित

एसीसी अन्डर नाइन्टिन एशीया कप छनौटको उपाधि नेपालले जितेको छ । फाइनलमा हङकङलाई पाच विकेटले हराउदै नेपालले उपाधि हात पारेको हो । उपाधिसंगै नेपाल एशिया कपमा पनि छनोट भएको छ ।

मलेसियाको किनरारा ओभल मैदानमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङ ३२ ओभर एक बलमा मात्र ७६ रनमा अलआउट भयो । सात रन हुदा पहिलो विकेट गुमाएको हङकङले ४१ रन हुदा दोस्रो विकेट खेर फाल्यो । त्यसपछि नेपालको कसिलो बलिङसामु निरीह बनेको हङकङले ४९ रन हुदा पाच विकेट गुमायो । एकपछि अर्को विकेट गुमाएको हङकङले ७३ रन हुदा आठ विकेट झार्न पुग्यो । त्यसपछि थप तीन रन जोडदा हङकङ अलआउट हुन पुग्यो । हङकङलाई कम स्कोरमा रोक्न साहव आलम र सन्दिप लामीछानेले तीन तीन विकेट लिए ।

जवाफमा नेपालले १४ ओभर चार बलमा पाच विकेट गुमाउदै लक्ष्य पुरा गरयो । नेपालको स्कोर १० रन हुदा पहिलो विकेट गुमाएको नेपालले त्यसपछि भने राम्रो ब्याटिङ गर्दै जित नजिक पुगेको छ । आशिफ शेख मात्र एक रनमा पेभेलियन फर्किए । नेपालको स्कोर ३९ रन हुदा तीन विकेट गुमायो । सन्दिप १९ रनमा आउट हुदा अनिल शाह १६ रनमा पेभेलियन फर्किए । नेपालको स्कोर ६३ रन हुदा कप्तान दिपेन्द्रसिंह ऐरी ब्यक्तिगत २२ रनमा आउट हुदा नेपालले चौथो विकेट गुमायो । नेपालका लागि प्रनित थापामगरले १९ रन बनाए ।

Most Popular

To Top