National News

नेपाललाइ १२२ रनको लक्ष्य, दिपेन्द्रले लिए पाँच विकेट

एसीसी अन्डर नाइन्टिन एशिया कप छनोट अन्तर्गत नेपालले सेमिफाइनलमा मलेसियाबाट एक सय २२ रनको लक्ष्य पाएको छ ।

मलेसियाको किनरारा ओभल मैदानमा जारी खेलमा टस जितेको नेपालले घरेलु टिमलँई ब्याटिङको निम्तो दिएको छ । मलेसियाको स्कोर १५ रन हुदा नेपालले पहिलो विकेट लिन सफल भयो । मलेसियाका ओपनर अजिज मुवारकलाई रोहितकुमार पौडेलले ब्यक्तिगत पाच रनमा पेभेलियनको बाटो देखाए । ६४ रन हुदासम्म मात्र दुई विकेट गुमाएको मलेसियाले त्यसपछि ७७ रन हुदा चार विकेट खेर फाल्यो ।

एकपछि अर्को विकेट गुमाएको मलेसियाले ९४ रन बनाउदा महत्वपुर्ण छ विकेट गुमायो । त्यसपछि एक सय १५ रन हुदा मलेसियाको आठ विकेट झरयो । मलेसियाका लागि नलिन डीसिल्भाले ३९ तथा कप्तान भिरन्दीप सिंहले २५ र मोहमद साहरीलले १६ रन बनाउदा बाकि खेलाडी सस्तैमा आउट भए । नेपाली बलरसामु कमजोर देखिएको मलेसिया अन्तत ४२ ओभरमा एक सय २१ रनमा अलआउट भयो । आजपनि कप्तान दिपेन्द्र सिंह ऐरीको बलिङ मलेसियालाई घातक बन्यो । मलेसियाको पारीलाई कमजोर बनाउन दिपेन्द्रसिंह ऐरीले पाच विकेट लिए ।

Latest News

To Top