Nepal U19 Cricket

नेपालले सेमिफाइनलमा भोली मलेसियासग खेल्ने

एसीसी अन्डर नाइन्टिन एशिया कप छनोट प्रतियोगिता अन्तर्गत नेपालले सेमिफाइनलमा भोली मलेसियासंग प्रतिस्पर्धा गर्दैछ ।

मलेसियाको किनरारा मैदानमा हुने खेल नेपाली समय अनुसार विहान सवा सात बजेबाट सुरु हुनेछ । जारी प्रतियोगितामा नेपाल अपराजित टिम मध्येको एक टिम हो । नेपालले समुह चरणका तीनै खेल जितेर विजेताका रुपमा सेमिफाइनलमा पुगेको हो । समुहको पहिलो खेलमा थाइल्याण्डलाई दुई सय ५५ रनको भारी अन्तरले हराएको नेपालले दोस्रो खेलमा भुटानलाई नौ विकेटले पराजित गरेको थियो ।

त्यसपछि समुहको अन्तिम खेलमा नेपालले सिंगापुरलाई सात विकेटले पाखा लगाएको थियो । यता घरेलु टिम मलेसियाले पहिलो खेलमा म्यानमारलाई नौ विकेटले हराउदा दोस्रो खेलमा चीनलाई दुई सय २५ रनले पराजित गरेको थियो । समुहको अन्तिम खेलमा भने मलेसिया हङकङसंग ६ विकेटले पराजित हुन पुग्यो । मलेसिया विरुद्ध नेपालले अहिलेसम्म हार ब्यहोरेको छैन । त्यसैले पनि नेपाली टिमले भोली जीतको लक्ष्यका साथ मैदानमा उत्रनेछ ।

Most Popular

To Top