Nepal U19

कप्तान दिपेन्द्रले पारे मलेसियाको पारीलाइ कमजोर

एसीसी अन्डर नाइन्टिन एशिया कप छनोट अन्तर्गत नेपालले सेमिफाइनलमा अहिले मलेसियासंग खेलिरहेको छ ।

मलेसियाको किनरारा ओभल मैदानमा जारी खेलमा टस जितेको नेपालले घरेलु टिमलँई ब्याटिङको निम्तो दिएको छ । मलेसियाको स्कोर १५ रन हुदा नेपालले पहिलो विकेट लिन सफल भयो । मलेसियाका ओपनर अजिज मुवारकलाई रोहितकुमार पौडेलले ब्यक्तिगत पाच रनमा पेभेलियनको बाटो देखाए । ६४ रन हुदासम्म मात्र दुई विकेट गुमाएको मलेसियाले त्यसपछि ७७ रन हुदा चार विकेट खेर फाल्यो । एकपछि अर्को विकेट गुमाएको मलेसियाले ९४ रन बनाउदा महत्वपुर्ण छ विकेट गुमायो । त्यसपछि एक सय १५ रन हुदा मलेसियाको आठ विकेट झरयो । मलेसियाको पारीलाई कमजोर बनाउन दिपेन्द्रसिंह ऐरीले चार विकेट लिए ।

Latest News

To Top