Nepal U19 Cricket

सिगापुरको चौथो विकेट गुम्यो, पवनले लिए ब्यक्तिगत दोस्रो विकेट

एसीसी अन्डर नाइन्टिन एशिया कप छनोट अन्तर्गत नेपालले अहिले सिंगापुरसंग खेलिरहेको छ ।

मलेसिया स्थित क्लव अमान मैदानमा जारी खेलमा सिंगापुरले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । सिंगापुरको स्कोर तीन रन हुदा नेपालले पहिलो विकेट झार्न सफल भयो । किशोर महतोले अब्दुल रहमानलाई खाता खोल्न नदिदै आउट गरे । त्यसपछि सिंगापुरले २४ रन बनाउदा नेपालले दोस्रो विकेट लिन सफल भयो । रोहन रंगराजनलाई ११ रनमा किशोर महतोले नै पेभेलियनको बाटो देखाए । त्यसपछि सिंगापुरले थप १० रन जोडदा नेपालले तेस्रो विकेट हात पारयो । ३४ रन हुदा सिद्धान्तलाई पवन सराफले ब्यक्तिगत २० रनमा आउट गरे । त्यसपछि ३६ रन हुदा पुन पवनले नै सिंगापुरको चौथो विकेट लिन सफल भए ।

आज यदि नेपालले सिंगापुरलाई पराजित गरेमा समुह विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गर्नेछ । जारी प्रतियोगितामा दुबै अपराजित टिम हुन । तर रनरेटका आधारमा नेपाल समुहको शिर्ष स्थानमा रहेको छ । नेपालले पहिलो खेलमा थाइल्याण्डलाई दुई सय ५५ रन हराएको थियो भने भुटानलाई नौ विकेटले पराजित गरेको थियो । यस्तै सिंगापुरले पहिलो खेलमा भुटानलाई नौ विकेटले हराउदा दोस्रो खेलमा थाइल्याण्डलाई ९२ रनले पाखा लगाएको थियो ।

Most Popular

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Subscribe !

Subscribe to our email newsletter


Copyright © 2017 Cricnepal.com. All Rights Reserved.

To Top