Nepal U19 Cricket

नेपालको दोस्रो विकेट झर्यो, समुह विजेता हुन निकै नजिक

सिंगापुरले दिएको ६८ रनको लक्ष्य पक्ष्याएको नेपालले सुरुवात राम्रो गर्न सकेन । १९ रन हुदा नेपालले पहिलो विकेट गुमायो । नेपालका आशिफ शेख ६ रनमा पेभेलियन फर्किए । त्यसपछि नेपालको स्कोर ४२ रन हुदा अनिलकुमार शा ब्यक्तिगत १८ रनमा पेभेलियन फर्किएपछि दोस्रो विकेट झरयो । अनिलले १५ बलमा तीन चौका प्रहार गरेका थिए ।

मलेसिया स्थित क्लव अमान मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुर २८ आभेर तीन बलमा ६७ रनमा अलआउट भयो । उसका तीन खेलाडीले मात्र दोहोरो अंक छुन सके । नेपाली बलरसामु सुरुवात देखि नै दबावमा रहेको सिंगापुरले तीन रन हुदा पहिलो विकेट गुमायो । किशोर महतोले अब्दुल रहमानलाई खाता खोल्न नदिदै आउट गरे । त्यसपछि सिंगापुरले २४ रन बनाउदा नेपालले दोस्रो विकेट लिन सफल भयो । रोहन रंगराजनलाई ११ रनमा किशोर महतोले नै पेभेलियनको बाटो देखाए । त्यसपछि सिंगापुरले थप १० रन जोडदा नेपालले तेस्रो विकेट हात पारयो ।

३४ रन हुदा सिद्धान्तलाई पवन सराफले ब्यक्तिगत २० रनमा आउट गरे । त्यसपछि ३६ रन हुदा पुन पवनले नै सिंगापुरको चौथो विकेट लिन सफल भए । नेपालको कसिलो बलिङ सामु सिंगापुरका खेलाडी खासै टिक्न सकेनन । ४२ रन बनाउदा सिंगापुरले पाचौ विकेट गुमायो । त्यसपछि ५१ रन हुदा सिंगापुरले छैटौ विकेट खेर फाल्यो । सिंगापुरले ६७ रन बनाउदा नेपाली कप्तान दिपेन्द्रसिंह ऐरीले सातौ विकेट लिन सफल भए । पवनले एकै ओभरमा दुई विकेट लिएपछि सिंगापुर अन्नत ६७ रनमा अलआउट भयो । सिंगापुरका लागि आर्यमान सुनिलले २० रनको योगदान गरे । बलिङ तर्फ पवनले आठ ओभरमा चार मेडेन राख्दै १२ रन खर्चिएर ६ विकेट लिए । यस्तै किशोरले दुई विकेट हात पारे ।

Most Popular

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Subscribe !

Subscribe to our email newsletter


Copyright © 2017 Cricnepal.com. All Rights Reserved.

To Top