Nepal U19 Cricket

नेपालको पहिलो विकेट झरेपनि जित नजिक

एसीसी अन्डर नाइन्टिन एशिया कप छनोट अन्तर्गत नेपालले सिंगापुरबाट ६८ रनको लक्ष्य पाएको छ ।

मलेसिया स्थित क्लव अमान मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुर २८ आभेर तीन बलमा ६७ रनमा अलआउट भयो । नेपाली बलरसामु सुरुवात देखि नै दबावमा रहेको सिंगापुरले तीन रन हुदा पहिलो विकेट गुमायो । किशोर महतोले अब्दुल रहमानलाई खाता खोल्न नदिदै आउट गरे । त्यसपछि सिंगापुरले २४ रन बनाउदा नेपालले दोस्रो विकेट लिन सफल भयो । रोहन रंगराजनलाई ११ रनमा किशोर महतोले नै पेभेलियनको बाटो देखाए । त्यसपछि सिंगापुरले थप १० रन जोडदा नेपालले तेस्रो विकेट हात पारयो । ३४ रन हुदा सिद्धान्तलाई पवन सराफले ब्यक्तिगत २० रनमा आउट गरे ।

त्यसपछि ३६ रन हुदा पुन पवनले नै सिंगापुरको चौथो विकेट लिन सफल भए । नेपालको कसिलो बलिङ सामु सिंगापुरका खेलाडी खासै टिक्न सकेनन । ४२ रन बनाउदा सिंगापुरले पाचौ विकेट गुमायो । त्यसपछि ५१ रन हुदा सिंगापुरले छैटौ विकेट पनि गुमायो । उसका तीन खेलाडीले मात्र दोहोरो अंक छुन सके । सिंगापुरले ६७ रन बनाउदा नेपाली कप्तान दिपेन्द्रसिंह ऐरीले सातौ विकेट लिन सफल भए । पवनले एकै ओभरमा दुई विकेट लिएपनि सिंगापुरले ६७ रनमा नौ विकेट गुमायो । बलिङ तर्फ पवनले आठ ओभरमा चार मेडेन राख्दै १२ रन खर्चिएर ६ विकेट लिए । यस्तै किशोरले दुई विकेट हात पारे ।

सिंगापुरले दिएको ६८ रनको लक्ष्य पक्ष्याएको नेपालले सुरुवात राम्रो गर्न सकेन । १९ रन हुदा नेपालले पहिलो विकेट गुमायो । नेपालका आशिफ शेख ६ रनमा पेभेलियन फर्किए ।

Most Popular

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Subscribe !

Subscribe to our email newsletter


Copyright © 2017 Cricnepal.com. All Rights Reserved.

To Top