Nepal U19 Cricket

सिंगापुरको सातौ विकेट झर्यो, दिपेन्द्रले लिए सातौ विकेट

एसीसी अन्डर नाइन्टिन एशिया कप छनोट अन्तर्गत नेपालले अहिले सिंगापुरसंग खेलिरहेको छ ।

मलेसिया स्थित क्लव अमान मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरको स्कोर तीन रन हुदा नेपालले पहिलो विकेट झार्न सफल भयो । किशोर महतोले अब्दुल रहमानलाई खाता खोल्न नदिदै आउट गरे । त्यसपछि सिंगापुरले २४ रन बनाउदा नेपालले दोस्रो विकेट लिन सफल भयो । रोहन रंगराजनलाई ११ रनमा किशोर महतोले नै पेभेलियनको बाटो देखाए । त्यसपछि सिंगापुरले थप १० रन जोडदा नेपालले तेस्रो विकेट हात पारयो ।

३४ रन हुदा सिद्धान्तलाई पवन सराफले ब्यक्तिगत २० रनमा आउट गरे । त्यसपछि ३६ रन हुदा पुन पवनले नै सिंगापुरको चौथो विकेट लिन सफल भए । नेपालको कसिलो बलिङ सामु सिंगापुरका खेलाडी खासै टिक्न सकेनन । ४२ रन बनाउदा सिंगापुरले पाचौ विकेट गुमायो । त्यसपछि ५१ रन हुदा सिंगापुरले छैटौ विकेट पनि गुमायो । उसका तीन खेलाडीले मात्र दोहोरो अंक छुन सके । सिंगापुरले ६७ रन बनाउदा नेपाली कप्तान दिपेन्द्रसिंह ऐरीले सातौ विकेट लिन सफल भए ।

Most Popular

To Top