Nepal U19 Cricket

नेपाललाइ पहिलो सफलता

एसीसी अन्डर नाइन्टिन एशिया कप छनोट अन्तर्गत नेपालले अहिले सिंगापुरसंग खेलिरहेको छ ।

मलेसिया स्थित क्लव अमान मैदानमा जारी खेलमा सिंगापुरले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । सिंगापुरको स्कोर तीन रन हुदा नेपालले पहिलो विकेट झार्न सफल भयो । किशोर महतोले अब्दुल रहमानलाई खाता खोल्न नदिदै आउट गरे ।
आज यदि नेपालले सिंगापुरलाई पराजित गरेमा समुह विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गर्नेछ ।

जारी प्रतियोगितामा दुबै अपराजित टिम हुन । तर रनरेटका आधारमा नेपाल समुहको शिर्ष स्थानमा रहेको छ । नेपालले पहिलो खेलमा थाइल्याण्डलाई दुई सय ५५ रन हराएको थियो भने भुटानलाई नौ विकेटले पराजित गरेको थियो । यस्तै सिंगापुरले पहिलो खेलमा भुटानलाई नौ विकेटले हराउदा दोस्रो खेलमा थाइल्याण्डलाई ९२ रनले पाखा लगाएको थियो ।

Most Popular

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Subscribe !

Subscribe to our email newsletter


Copyright © 2017 Cricnepal.com. All Rights Reserved.

To Top