Nepal U19 Cricket

नेपालद्धारा सिङगापुर ७ विकेटले पराजित, समुह विजेता बन्दै सेमिफाइनलमा स्कोरकार्ड सहित

Nepal U19

एसीसी अन्डर नाइन्टिन एशिया कप छनोट अन्तर्गत नेपालले सिंगापुरलाई सात विकेटले हराएको छ । जितसंगै नेपाल समुह विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ ।

मलेसिया स्थित क्लव अमान मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुर २८ ओभर तीन बलमा ६७ रनमा अलआउट भयो । उसका तीन खेलाडीले मात्र दोहोरो अंक छुन सके । नेपाली बलरसामु सुरुवात देखि नै दबावमा रहेको सिंगापुरले तीन रन हुदा पहिलो विकेट गुमायो । त्यसपछि सिंगापुरले २४ रन बनाउदा नेपालले दोस्रो विकेट लिन सफल भयो । रोहन रंगराजनलाई ११ रनमा किशोर महतोले नै पेभेलियनको बाटो देखाए ।

सिंगापुरले थप १० रन जोडदा नेपालले तेस्रो विकेट हात पारयो । ३४ रन हुदा सिद्धान्तलाई पवन सराफले ब्यक्तिगत २० रनमा आउट गरे । त्यसपछि ३६ रन हुदा पुन पवनले नै सिंगापुरको चौथो विकेट लिन सफल भए । नेपालको कसिलो बलिङ सामु सिंगापुरका खेलाडी खासै टिक्न सकेनन । ४२ रन बनाउदा सिंगापुरले पाच विकेट गुमाएको सिंगापुर अन्तत ६७ रनमा अलआउट भयो । सिंगापुरका लागि आर्यमान सुनिलले २० रनको योगदान गरे । बलिङ तर्फ पवनले आठ ओभरमा चार मेडेन राख्दै १२ रन खर्चिएर ६ विकेट लिए । यस्तै किशोरले दुई विकेट हात पारे ।

जवाफमा नेपालले ६८ रनको लक्ष्य १३ ओभर चार बलमा तीन विकेट गुमाउदै पुरा गरयो । १९ रन हुदा नेपालले पहिलो विकेट गुमाएको नेपालले ४२ रन दोस्रो विकेट खेर फालेको थियो । नेपालका लागि अनिलकुमार शाह १८ तथा सन्दिप सुनारले २० रनको योगदान गरे । यस्तै सुमित महर्जनले अविजीत १० रन बनाए । सेमिफाइनलमा नेपालले समुह बी को उपविजेतासंग खेल्नेछ ।

Most Popular

To Top