Nepal U19

फाइनलमा नेपालको प्रतिद्धन्द्धी हङकङ

एसीसी अन्डर नाइन्टिन एशिया कप छनोटको उपाधिका लागि नेपाल र हङकङ भिडने भएका छन ।

मलेसियामा आज भएको सेमिफाइनलमा नेपालले घरेलु टिमलाई १० विकेटले हराउदा हङकङले सिंगापुरलाई सात विकेटले पाखा लगायो । टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले ५० ओभरमा आठ विकेट गुमाउदै एक सय ५७ रन बनाएको थियो ।
सिंगापुरका लागि सिद्धान्तले ५१ तथा हन्सुलदीप सिन्हाले २५ रन बनाए भने रोहन रंगराजनले १५ रनको योगदान गरे ।

जवाफमा ४० ओभर दुई बलमा तीन विकेट गुमाउदै लक्ष्य पुरा गरयो । उसका लागि जाथाभेदले अविजीत ५८ रन बनाउदा वाकास खानले ४१ रन तथा हरप्रित सिंहले २४ रनको योगदान गरे । फाइनल खेल भोलि किनरारा ओभल मैदानमा हुनेछ । उपाधि जित्ने टिमले एशिया कपमा स्थान बनाउनेछ ।

Latest News

To Top