International News

पाकिस्तानमा अन्तराष्ट्रिय क्रिकेट खेल फर्कियो

पाकिस्तानमा आठ वर्षपछि पहिलो पटक क्रिकेट प्रतियोगिता आयोजना हुदैछ । यो संगै पाकिस्तानमा अन्तराष्ट्रिय प्रतियोगिताको आयोजनाको बाटो खुल्ने अपेक्षा गरिएको छ ।

पाकिस्तान क्रिकेट टिमले विश्व एघार टिम संग तीन वटा ट्वान्टी ट्वान्टी सिरिज खेल्दैछ । सन २००९ मा श्रीलङका क्रिकेट टिम माथि आतंककारी आक्रमण भएपछि पाकिस्तानमा कुनै पनि अन्तराष्ट्रिय प्रतियोगिता हुन सकेको छैन् । सो घटनामा ६ जना सुरक्षाकर्मी र दुइ जना सर्वसाधारणको मृत्यु हदा ६ जना खेलाडी घाइते भएका थिए । त्यसयता अन्तराष्ट्रिय क्रिकेट परिषदले कुनैपनि प्रतियोगिता आयोजना नगर्दा पाकिस्तानले दुवइलाइ आफ्नो घरेलु मैदान बनाउदै आएको थियो । लाहोरको सुरक्षा ब्यबस्था अत्यन्तै कडा बनाइएको छ । ६ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

पाकिस्तानका युवा समर्थक र राष्ट्रिय टिममा रहेका युवा खेलाडी पनि पहिलो पटक घरेलु मैदानमा हाइ प्रोफाइल खेलको अनुभव गर्दैछन । खेलको टिकट खरिदका लागि समर्थकको घुइचो लागेको बताइएको छ ।पाकिस्तान सरफराज अहमदको नेतृत्वमा रहेको छ भने विश्व एघारको कप्तानीमा दक्षिण अफ्रिकाका फाप डु प्लेसिसले गर्नेछन । फाप डु प्लेसिसले पाकिस्तानले प्रदान गरेको सुरक्षा आफुहरु चलचित्रमा भएको जस्तै अुनुभव भएको बताएका छन । खेल लाहोरको गद्धाफी स्टेडियममा हुनेछ । पहिलो ट्वान्टी ट्वान्टी आज नेपाली समय अनुसार सांझ पौने आठ बजे हुनेछ । पाकिस्तानले यो सिरिज पछि श्रीलङका र वेस्ट इन्डिज संग खेल्ने योजना बनाएको पाकिस्तान क्रिकेट बोर्डको भनाइ छ । आइसीसीले पाकिस्तानमा अन्तराष्ट्रिय खेल हुनु विश्व क्रिकेटका लागि सुखद खबर भएको प्रतिकृया दिएको छ ।

विश्व एघारमा सात देशका स्टार खेलाडी रहेका छन । जसमा दक्षिण अफ्रिकाकै हासिम अमला, डेविड मिल्लर, मोर्ने मोर्केल, इमरान ताहिर, वेस्ट इन्डिजका डारेन सामी, स्यामुएल बद्री, श्रीलङकाका थिसरा परेरा, अस्ट्रेलियाका जर्ज बेली, टिम पेन, बेन कटिङ, इङल्यान्डका पल कलिङउड, बंगलादेशका तामिम इकवाल र न्युजील्यान्डका ग्रान्ट इलियोट रहेका छन । यो सिरिजलाइ इनडिपेन्डेन्स कपको नाम दिइएको छ ।

Most Popular

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Subscribe !

Subscribe to our email newsletter


Copyright © 2017 Cricnepal.com. All Rights Reserved.

To Top