International News

आठ बर्षपछि पाकिस्तानले घरेलु मैदानमा पहिलो जितको स्वाद चाख्यो

आठ बर्षपछि घरेलु मैदानमा अन्तराष्ट्रिय क्रिकेट प्रतियोगिता खेलेको पाकिस्तानले वल्र्ड ११ विरुद्धको पहिलो टी ट्वान्टी खेलमा जिते निकालेको छ । गएराति भएको खेलमा पाकिस्तानले वल्र्ड ११ लाई २० रनले पराजित गरयो ।

लाहोरमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले २० ओभरमा पाच विकेट गुमाउदै एक सय ९७ रन बनाएको थियो । उसका लागि बबर अजामले ८६ तथा अहमेद सेहजादले ३९ र सोयव मलिकले ३८ रन बनाए ।

जवाफमा वल्र्ड ११ निर्धारीत २० ओभरमा सात विकेट गुमाउदा एक सय ७७ रनमा रोकिए । उसका लागि कप्तान फा डुप्लिसिसले २९, हसिम अमलाले २६, डेविड पेनीले २५ रन बनाएपनि टिमलाई हारबाट जोगाउन सकेनन । बलिङतर्फ पाकिस्तानका सोहेल खान, रुमान रहिस, सादाव खानले दुई दुई विकेट लिए ।

Most Popular

To Top