International News

अफगानिस्तानी बलर रासिद खान बिग ब्यास लिगमा अनुबन्ध

अफगानिस्तानका युवा लेग स्पिनर रासिद खान अष्ट्रेलियन घरेलु क्रिकेट लिग बिग ब्यासमा अनुबन्ध भएका छन । उनलाई एडिलेड स्ट्राइकर्सले टिममा लिएको हो ।

१८ बर्षे रासिद खानले पहिलो पटक आइपिएलमा खेल्दा उत्कृष्ट प्रदर्शन गर्दै १७ विकेट लिएका थिए । सनराइजर्स हैदरावादबाट खेलेका उनले पहिलो सहभागितामा नै निकै राम्रो छाप छोडेका थिए । यतिमात्र होइन उनले हालै भएको क्यारेवियन प्रिमियर लिगमा पनि ह्याट्रिक लिदै तहल्का मच्चाएका थिए । अफगानिस्तानका महत्वपुर्ण बलरका रुपमा छाप बनाएका रासिदले एकपछि अर्को रुपमा विदेशी लिगहरुमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन ।

Most Popular

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Subscribe !

Subscribe to our email newsletter


Copyright © 2017 Cricnepal.com. All Rights Reserved.

To Top