Nepal U19

सुन्दिप जोराको डेब्यु

नेपाली यू–१९ क्रिकेट टिममा पहिलो पटक स्थान बनाएका सुन्दिप जोराले डेब्यु गर्दैछन । मध्यक्रममा खेलाडी सन्दिप आज प्लेइङ सेटमा परेका छन ।

गत साउनमा भएको आइसिसी यु–१९ विश्वकप एसियाली छनोट प्रयितोगिता खेल्न सिंगापुर भ्रमणमा गएको नेपाली यु–१९ टोलीको ब्याटिङ नचल्दा यु–१९ विश्वकप गुमाउनु परेपछि त्यसवेला टिममा रहेका खेलाडीलाई विस्थापित गर्दै सन्दिपले टोलीमा स्थान बनाएका हुन्।

उक्त प्रतियोगिताका लागि देशभरबाट छनोट गरिएका प्रारम्भिक ४० जना खेलाडी हुदै सन्दिप १८ जना भित्र अटाएका थिए। तर, अन्तिम १४ मा स्थान बनाउँन नसक्दा त्यसवेला उनी राष्ट्रिय टिममा पर्न सकेनन्। गत सेप्टेम्बरमा भएको एभरेष्ट प्रिमियर लिगबाट सन्दिप चर्चामा आएका थिए। लिगको तेस्रो खेलमा जगदम्बा राइनोजले दिएको १ सय २५ रनको लक्ष्य पछ्याइरहेको कान्तिपुर गोर्खाको २९ रनको स्कोरमा प्रारम्भिक मुख्य पाँच विकेट गइसकेको थियो।

टिम लज्जास्पद हारसँगै प्रतियोगिताबाट बाहिरिने संघारमा पुगेका वेला छैठो नम्बरमा ब्याटिङ गर्न मैदान छिरेका सन्दिपले २८ बलमा ४२ रनको इनिङ खेल्दै टीमलाई राहात दिलाएपछि उक्त इनिङबाट प्रतिभाशाली युवा खेलाडीका रुपमा नेपाली क्रकेट समर्थकको नजरमा परेका थिए।

Latest News

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Copyright © 2010-2017 Cricnepal.com. All Rights Reserved.

To Top