National News

सन्दीप लामिछाने बाङ्लादेश प्रिमियर लिग (बिपीएल) क्रिकेटको ड्राफ्टमा

नेपाली क्रीकेटका उदयमान खेलाडी सन्दीप लामिछाने बाङ्लादेशमा आयोजना हुने बाङ्लादेश प्रिमियर लिग (बिपीएल) क्रिकेटको ड्राफ्टमा परेका छन।

सन्दीपले एजेन्ट मार्फत बीपीएल खेल्न निवेदन दिएको कान्तिपुर समाचारले बताएको छ । यो ड्राफ्टको छिनो फानो भने शनिवार (१६ सेप्टेम्बर) मा हुनेछ । ड्राफ्टबाट कुन खेलाडीले कुन टिमबाट खेल्ने चयन गर्नेछ र सन्दीप नपर्न पनि सक्छन ।

कान्तिपुरका अनुसार खेलाडीलाई ६ समूहमा विभाजन गरिएको छ । ‘A’ वर्गिकरणमा पर्नेले ७० हजार डलर पारिश्रमिक पाउने छन् । सबभन्दा तलको ‘F’ वर्गिकरणमा पर्नेले बीपीएलमा खेले वापत १० हजार डलर पारिश्रमिक पाउने छ ।

<a href=

Sandeep Lamichhane" width="900" height="600" srcset="http://cricnepal.com/wp-content/uploads/sandeep_nepalu19-vs-irelandu19-cwc16.jpg 900w, http://cricnepal.com/wp-content/uploads/sandeep_nepalu19-vs-irelandu19-cwc16-300x200.jpg 300w" sizes="(max-width: 900px) 100vw, 900px" /> Sandeep Lamichhane

२०१७ को बिपीएल क्रिकेट ड्राफ्ट मा एउटा टिमले ७ घरेलु र २ बिदेशी खेलाडी किन्न पाउने छन । नयाँ नियम अनुसार एउटा टिमले ३ देखी ५ बिदेशी खेलाउन पाउनेछन ।

पूर्व पाकिस्तानी खेलाडी मिस्बाह-उल-हक्, श्रीलंकाका दिनेश चन्डिमल्, उपुल थरङा लगायत ४ अन्य खेलाडीहरु ‘A’ वर्गिकरणमा परी सकेका छन ।

करीब २०८ जना विदेशी खेलाडीहरु रहेका उक्त ड्राफ्टमा सन्दीप एक मात्र नेपाली खेलाडी हुन । एसोसिएट राष्ट्र बाट कुल ८ खेलाडी ड्राफ्टमा रहेका छन ।

Latest News

To Top