National News

शरद भेषावकर बर्ष पुरुष खेलाडीको मनोनयमा, दिपेन्द्र र टमाटा पनि परे मनोनयनमा

Sharad Vesawkar

राष्ट्रिय क्रिकेट टोलीका मिडल अर्डर ब्याट्स्म्यान शरद भेषावकर पल्सर स्पोर्टस अवार्ड बर्ष पुरुष खेलाडीको मनोनयनमा परेका छन् ।

आफ्नो करियरकै उत्कृष्ट लयमा रहेका भेषावकरले गत बर्ष देखाएको प्रदर्शनका आधारमा नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्दै आइरहेको नेपालकै सम्मानित पुरस्कारका लागि मनोनित भएका हुन् । गत बर्ष राष्ट्रिय टोलीका लागि ९ खेल खेलका शरदले तीनवटा अद्र्धशतक प्रहार गरेका थिए जसमध्ये तीन वटैमा नेपाल बिजयी भएको थियो । शरदले वल्र्ड क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत नामिबियासंगको दुवै खेलमा शरदले अविजित अद्र्धशतक बनाएपछि नेपालले प्रतियोगितामा पहिलो दुई जित हात पारेको थियो । त्यस्तै उनले इमर्जिङ्ग टिम्स कपमा हङ्गकङ्गबिरुद्धको खेलमा अविवित ५५ रन बनाएका थिए । शरदले केन्याबिरुद्धको खेलमा ४ विकेट लिएपछि नेपालले महत्पूर्ण जित हात पारेको थियो भने शरदले एक बर्षमा २ सय ६४ रन बनाएका थिए ।


दिपेन्द्रसिंह ऐरी दोहोरो मनोनयनमा

नेपाली अन्डर नाइन्टिन टिमका कप्तान दिपेन्द्रसिंह ऐरी युवा क्रिकेटको मनोनयनमा परेका छन । २०७३ सालमा नेपाली क्रिकेट टिमका लागि सर्वाधिक २५७ रन बनाउनुका साथै चार विकेट लिएका दिपेन्द्रले राष्ट्रिय टिमबाट पाच खेलमा २११ रन बनाएका थिए । जसमा तीन अर्धसतक थियो । विश्व क्रिकेट लिगमा केन्या विरुद्ध ६२ रन, इमर्जिङ टिम्स कपमा बंगलादेश विरुद्ध ५६ र हङकङ विरुद्ध अविजीत ६० रन बनाएका दिपेन्द्र पिपुल्स च्वाइस अवार्डमा पनि मनोनयनमा परेका छन ।


जगत टमाटा उत्कृष्ट प्रशिक्षकको मनोनयनमा

राष्ट्रिय टिमका प्रशिक्षक जगत टमाटा उत्कृष्ट प्रशिक्षकको मनोनयनमा परेका छन । अन्डर नाइन्टिन टिमका साथै महिला टिमका पनि प्रशिक्षक रहिसकेका टमाटाले विश्व क्रिकेट लिगमा छ खेलमा चार खेलमा जित दिलाएका छन । च्याम्पियनसिपमा नै नेदरल्याण्ड्सलाई हराउने नेपाल एक्लो टिम बन्दा उनी नै प्रशिक्ष्ँक थिए । नेपालले नामिविया विरुद्ध लगातार दुई खेल र केन्या विरुद्ध एक खेल जित्दा उनको प्रशिक्षणले साथ दिएको थियो ।

Most Popular

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Subscribe !

Subscribe to our email newsletter


Copyright © 2017 Cricnepal.com. All Rights Reserved.

To Top