National News

नेपाल यु-१९ को पहिलो खेल थाइल्याण्डसँग, प्रतियोगिताका लागि तयारी पुरा

काठमाडौं – मलेसियामा आयोजना हुने एसीसी यु-१९ एशियाकप छनोट प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल सेप्टेम्बर ११ तारिकमा थाईल्याण्डसंग खेल्ने भएको छ ।

एसियन क्रिकेट काउन्सिल (एसीसी)ले आज सार्वजनिक गरेको खेल तालिका अनुसार प्रतियोगितामा ८ टोलि सहभागी हुनेछन ।

नेपाल लगायत भुटान, सिंगापुर र थाईल्याण्ड समुह ‘ए’ मा रहेका छन् । यसै गरी समुह ‘बि’ मा मलेसिया, चिन, हङकङ र म्यानमार रहेका छन् ।

नेपालको पहिलो खेल सोमवार सेप्टेम्बर ११ मा थाईल्याण्डसंग क्लब अमन मैदानमा हुनेछ । बुधवार सेप्टेम्बर १३ तारिकमा भुटानसंग किनारा ओभल मैदानमा र तेश्रो खेल बिहिवार सेप्टेम्बर १४ मा सिंगापुरसंग पुनः क्लब अमन मैदानमा खेल्नेछ ।

प्रतियोगिताको बिजेता टिम नोभेम्बरमा आयोजना हुने यु-१९ युथ एसिया कप खेल्न छनौट हुने एसीसीले बताएको छ । पूर्वी क्षेत्रबाट १ टिम र पश्चिमी क्षेत्रबाट १ टिम गरि २ टिम एसियाली टेस्ट रास्ट्रहरु सम्मेलित प्रतियोगितामा सहभागी हुने मौका पाउनेछ ।

खेल तालिका

सेप्टेम्बर ११ – नेपाल v थाईल्याण्ड
सेप्टेम्बर १३ – नेपाल v भुटान
सेप्टेम्बर १४ – नेपाल v सिंगापुर

सेप्टेम्बर १६ – सेमीफाइनल
सेप्टेम्बर १७ – फाइनल

समुह ‘ए’ : नेपाल, सिंगापुर, थाईल्याण्ड, भुटान
समुह ‘बि’ : मलेसिया, हंगकंग , चिन र म्यानमार

Most Popular

To Top