International News

यू-१९ एशिया कप मलेसियामा नोभेम्बरमा हुने

आगामी नोभेम्बरको ७ देखि १७ तारिख सम्म मलेसियाको राजधानी क्वालालाम्पुरमा यू १९ एसिया कप आयोजना हुने भएको छ । यसअघि पाकिस्तानमा हुने भनिएपनि त्यसपछि भारतमा हुने अनुमान गरिएको थियो । तर अन्तिममा मलेसियालाइ एसीसीले आयोजनाको जिम्मा दिएको छ ।

आइतवार सम्पन्न यू १९ एसिया कप छनोट, पुर्विय क्षेत्रको फाईनल खेलमा हङकङलाई पाँच विकेटले पराजित गर्दै नेपालले यू १९ एसिया कपमा आफ्नो स्थान सुरक्षित बनाइसकेको छ । प्रतियोगितामा टेष्ट मान्यता प्राप्त पाँच टोलिहरु सहित तीन एसोसियट्स टोलिहरुले भाग लिने छन् । यस्तै भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान टेष्ट मान्यता प्राप्त देशका रुपमा सिधै छनोट भएका छन् भने मलेसिया आयोजक राष्ट्रका रुपमा आफ्नो स्थान पक्का गरेको छ ।

अब आगामी अक्टोबरमा आयोजना हुने यू १९ एसिया कप छनोट, पश्चिमी क्षेत्रको बिजेताले पनि यू १९ एसिया कपका लागि टिकट काट्ने छ ।

Most Popular

To Top