Nepal U19 Cricket

यू-१९ क्रिकेट टिमको तयारी पुरा, उपाधि जित्ने लक्ष्य

मलेसियामा हुने एसीसी अन्डर नाइन्टिन एशिया कप छनोटका लागि नेपाली टिमले तयारी पुरा गरेको छ । भारतबाट प्रशिक्षक झिकाएर ब्याटिङमा विशेष जोड दिएको नेपाली टिमको मुख्य लक्ष्य उपाधि जित्ने रहेको छ ।

मलेसियामा सेप्टेम्बर आठ देखि १८ तारिखसम्म हुने प्रतियोगिताका लागि नेपाली टिम पछिल्लो एक महिना देखि प्रशिक्षणमा रहेको थियो । बर्षाको सिजन भएकाले प्रयाप्त प्रशिक्षण नपाएपनि टिमले जसोतसो प्रतियोगिताका लागि तयारी पुरा गरेको छ । यसअघिका दुई प्रतियोगितामा खराव ब्याटिङ गरेको आलोचना खेपेको नेपालले यसपटक भारतबाट ब्याटिङ प्रशिक्षक झिकाएर करीव एक साता सोहि विधामा विशेष ध्यान दिएको थियो । जसका कारण खेलाडीमा केहि सुधार देखिएको प्रशिक्षक विनोद दाशको ठम्याई छ ।

उमेर समुहमा नेपाली टिम जहिलेपनि उपाधिको दावेदारका रुपमा हेरीन्छ । तर अन्तिममा केहि न केहि पाटोमा चुकेर खालि हात फर्किदै आएको छ । यसपटक भने नेपालले उपाधिका लागि मैदानमा उत्रने दावी प्रशिक्षक दाशको रहेको छ । नेपालले पहिलो खेल सेप्टेम्बर ११ तारिखमा थाइल्याण्ड विरुद्ध खेल्दैछ ।

पहिलो पटक टिमको कप्तानी गरिरहेका दिपेन्द्रसिंह ऐरीपनि राम्रो टिम बनेकाले त्यहि अनुसारको प्रदर्शन गर्ने बताउछन । कप्तानका रुपमा कतिको दबाव छ यो प्रतियोगिताका लागि भन्दा दिपेन्द्रको जवाफ यस्तो छ । आठ टिमको सहभागिता रहेको प्रतियोगितामा नेपालको पहिलो लक्ष्य समुह विजेताका रुपमा सेमिफाइनलमा पुग्ने हुनेछ । नेपाल रहेको समुहमा सिंगापुर, थाइल्याण्ड र भुटान रहेका छन । दुई समुहका शिर्ष दुई टिम सेमिफाइनलमा स्थान बनाउनेछन । प्रतियोगिताको विजेता टिमले अन्डर नाइन्टिन एशिया कपमा स्थान बनाउनेछ ।

Most Popular

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Subscribe !

Subscribe to our email newsletter


Copyright © 2017 Cricnepal.com. All Rights Reserved.

To Top