Nepal U19 Cricket

प्रतियोगिता राम्रो होस भन्दै पशुपतिनाथमा युवा खेलाडी

काठमाडौं – एसीसी यु-१९ एशिया कप छनोट प्रतियोगिताको लागि नेपाली टिम मलेसिया प्रस्थान गर्नु अघि पशुपतिनाथ मन्दिर दर्शन गर्नका लागी पुगेका थिए ।

आठ टिम सम्मेलित प्रतियोगितामा नेपाल समुह ‘ए’ मा सिंगापुर, थाईल्याण्ड र भुटानसंगै रहेको छ ।

नेपालको पहिलो खेल सोमवार सेप्टेम्बर ११ मा थाईल्याण्डसंग क्लब अमन मैदानमा हुनेछ । बुधवार सेप्टेम्बर १३ तारिकमा भुटानसंग किनारा ओभल मैदानमा र तेश्रो खेल बिहिवार सेप्टेम्बर १४ मा सिंगापुरसंग पुनः क्लब अमन मैदानमा खेल्नेछ । समुह ‘ए’ र ‘बि’ बाट उत्कृष्ठ हुने चार टिम सेप्टेम्बर १६ मा सेमीफाइनल खेल्नेछन् ।

प्रतियोगिताको फाइनल खेल सेप्टेम्बर १७ तारिकमा किनारा ओभल मैदानमा खेलिनेछ जुन खेलको बिजेता यु-१९ युथ एसिया कप खेल्न छनौट हुनेछ ।

प्रतियोगिताको तयारीका लागी भारतबाट बोलाईएको ब्याटिंग कन्सल्टेन्ट मोन्टि देसाईले १० दिनको बिशेष प्रशिक्षण समेत दिएका थिए ।

नेपाली यु-१९ टिम

दिपेन्द्र ऐरी (कप्तान), सन्दिप लामिछाने, मोहम्मद आसिफ शेख, सन्दिप सुनार, प्रनित थापा, पवन सर्राफ, रोहित पौडेल, किशोर महतो, शाहब आलम, नन्दन यादब, बिक्रम भुसाल, सन्दिप जोरा, अनिल कुमार शाह र सुमित महर्जन

Most Popular

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Subscribe !

Subscribe to our email newsletter


Copyright © 2017 Cricnepal.com. All Rights Reserved.

To Top