Nepal U19

विजेता टिम आज स्वदेश फर्किदै

एसीसी यु-१९ एशियाकप छनोटको उपाधि जितेको नेपाली टिम आज बेलुका स्वदेश फर्किनेछ ।

विजेता टिम साझ ६:५५ बजे हिमालय एअरलायन्सबाट काठमाडौ पुग्नेछ । विजेता टिम ट्रफि सहित स्वदेश फर्किदा प्रतियोगिताका उत्कृष्ट खेलाडी तथा उत्कृष्ट बलर सन्दिप लामीछाने र दिपेन्द्रसिह ऐरी मलेसियाबाटै भारततर्फ प्रस्थान गरेका छन ।
आईसीसी बिश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत छैठौं चरणको हंगकंगसंगको खेलको तयारीको लागि नेपाली टिम भारतको चेन्नईमा रहेको छ । नेपाली टिम आइतबार चेन्नई पुगीसकेको छ र १९ सेप्टेम्बर मंगलबार पहिलो अभ्यास खेल खेल्ने कार्यक्रम रहेको छ ।

नेपालले एसीसी यु-१९ पूर्वी क्षेत्र प्रतियोगिताको उपाधि जित्न हंगकंगलाई फाइनलमा ५ विकेटले तथा सेमीफाइनलमा आयोजक मलेसियालाई १० विकेटले पराजित गरेको थियो । प्रतियोगिता जित्दै नेपाली टिम मलेसियामा नोभेम्बरमा आयोजना हुने यु-१९ एसिया कप खेल्न छनौट भएको छ।

Latest News

To Top