Nepal U19 Cricket

नेपाल एशियाकप छनोटको सेमिफाइनलमा , भुटान ९ विकेटले पराजित स्कोरकार्ड सहित

एसीसी यू–१९ एशिया कप छनोट अन्तर्गत नेपालले लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा नेपालले भुटानलाई नौ विकेटले पराजित गरयो ।

मलेसियाको किनरारा ओभल मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भुटान २८ ओभरमा ५० रनमा अलआउट भयो । प्रतियोगिताको कमजोर टिम मध्येको एक भुटान विरुद्ध नेपालले सुरुवात देखि नै दबाव बनाएको थियो । जसका कारण भुटानको स्कोर चार रन हुदा नन्दन यादवले पहिलो विकेट लिए । त्यसपछि भुटानको स्कोर १५ रन हुदा नेपालले दोस्रो विकेट झारयो । कप्तान दिपेन्द्रसिंह ऐरीले भुटानका नुवाङ थिन्लेलाई पाच रनमा पेभेलियन फर्काए । त्यसको लगत्तै नेपालले तेस्रो विकेट लिन सफल भयो । यसपटक पनि कप्तान दिपेन्द्रले नै पेम चेदुपलाई खाता खोल्न नदिदै पेभेलियन फर्काए ।


भुटानको २९ रन हुदा नेपालले चौथो विकेट लियो । नेपालका लागि दिपेन्द्रले दोर्जीलाई १३ रनमा आउट गरे । लगत्तै दिपेन्द्रले नै ब्यक्तिगत चौथो विकेट लिएपछि भुटानले २९ रनमा पाच विकेट गुमायो । दिपेन्द्रको कसिलो बलिङ यतिमा रोकिएन । भुटानको स्कोर ३६ रन हुदा पुन दिपेन्द्रले छैटौ सफलता दिलाए । भुटानका गोकुलकुमार घले चार रनमा आउट भए । एकपछि अर्को विकेट गुमाएको भुटान अन्नत ५० रनमा अलआउट भयो । उसका दुई खेलाडीले मात्र दोहोरो अंक छुन सके । जसमा युगेन दोर्जीले १३ तथा तासी फुन्सोले १६ रन बनाए ।

बलिङ तर्फ नेपालका कप्तान दिपेन्द्रसिंह ऐरीले पाच विकेट लिदा सन्दिप लामीछानेले चार विकेट हात पारे । प्रतियोगितामा सन्दिपको विकेट सख्या ११ पुगेको छ । थाइल्याण्ड विरुद्ध उनले सात विकेट लिएका थिए ।

जवाफमा नेपालले आठ ओभर तीन बलमा एक विकेट गुमाउदै लक्ष्य पुरा गरयो । नेपालको जितमा आशिफ शेखले अविजीत २३ रन बनाए भने सन्दिप सुनारले २१ रनको योगदान गरे । नेपालले पहिलो विकेटका लागि ३९ रनको साझेदारी गरेको थियो । जितसंगै नेपालले दुई खेलबाट चार अंक बनाएको छ । अब नेपालले भोली समुहको बलियो प्रतिद्धन्द्धी सिंगापुरसंग खेल्नेछ ।

Most Popular

Nepal's No.1 Cricket Portal now in Nepali Language.

Follow us

Subscribe !

Subscribe to our email newsletter


Copyright © 2017 Cricnepal.com. All Rights Reserved.

To Top