International News

बिश्व ११ लाई ३३ रनले हराउदै पाकिस्तानले जित्यो शृँखला

Pakistan vs World XI
Pakistan beat World Xi by 33 runs in third T20I. Photo: ICC/Twitter

पाकिस्तानमा जारी बिश्व ११ बिरुद्दको अन्तिम टि २० खेलमा आयोजक पाकिस्तान ३३ रनले बिजयी भएको छ, जित सँगै उस्ले ३ खेलको शृँखला २-१ ले कब्जा गरेको छ ।

टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको पाकिस्तानले चार विकेट गुमाउदै १८३ रन जोड्न सफल भयो । उस्का लागी अहमद शहजादले ८९ रन र बाबर आज़मले ४८ रनको योग्दान दिए । उनिहरुले दोस्रो विकेटका लागी ५७ बलमा १०२ रनको साझेदारी गरेका थिए । बिश्व ११ का लागी थिसारा परेराले मात्र २ विकेट लिन सफल भए, बाँकी २ विकेट भने रन आउट बाट मिलेको थियो ।

Hasim Amla तेस्रो खेलमा बिश्व ११ का लागी हसिम आम्लाले १४ रन मात्र बनाउन सफल भए । तस्बिर्: ICC/Twitter

जवाफमा फाफ दू प्लेसिसको बिश्व ११ ले निर्धारित २० ओवरमा केवल १५० रन मात्र बनाउदै खेल ३३ रनले हार्न पुग्यो । उसका लागी परेराले ३२, डेविड मिलरले ३२ र डैरेन सैमीले अविजित २४ रन बनाएका थिए । पाकिस्तानका लागि हसन अलिले २, इमाद वसिम्, उश्मान खान र रुम्मन रैजले १-१ विकेट लिन सफल भए ।

पाकिस्तानका लागी ५५ बलमा ८ चौका र ३ छक्का प्रहार गरेका सफल ब्याट्सम्यान अहमद शहजाद खेलको उत्कृष्ट खेलाडी घोषित भए भने बाबर आज़म शृँखलाको उत्कृष्ट खेलाडी चुनिए ।

Latest News

To Top