International News

क्रीकेट साउथ अफ्रीकाले रद्द गर्‍यो ग्लोबल टि-२० लिग

Global T20 league South Africa

क्रीकेट साउथ अफ्रीकाले आगमी नोवेम्बर ३ देखी आयोजना गर्ने आफ्नो पहिलो ग्लोबल टि-२० लिग प्रतियोगिता यो बर्षको लागी रद्द गरेको छ ।

टेलिभिजन ब्रोड्कास्ट अधिकार र प्रतियोगिता प्रायोजनमा भएको ढिला सुस्तीका कारण उक्त प्रतियोगिता यो बर्षलाई रद्द गर्नु परेको जनाइएको छ । क्रीकेट साउथ अफ्रीकाको मंगलबार बसेको बैठकले प्रतियोगिता २०१७ नोवेम्बरलाई रद्द गर्ने र २०१८ को नोवेम्बरमा सार्ने निर्णय गरेको छ ।

दुई साता अगाडी साउथ अफ्रीकाका पूर्व सिइवो हरून लोर्गाटले आफ्नो कार्यकाल छोडे पछी, यो प्रतियोगितामा केहि समस्या आउने क्रीकेट विश्लेषकहरुले अनुमान गरिसकेका थिए ।

स्रोत्: सि.एस.ए

To Top