Dhangadhi Premier League

रुस्लान क्रिकेट डिपिएलको मुख्य प्रायोजक

दोस्रो संस्करणको डिपिएल–२ लाई विजय डिष्टिलरीको रुस्लान क्रिकेटले मुख्य प्रायोजन गरेको छ । डिपिएल र रुस्लान क्रिकेटबीच आइतबार एक वर्षका लागि सम्झौता भएको हो ।
सम्झौतामा डिपिएलका तर्फबाट अध्यक्ष सुवास बहादुर शाही र विजयी डिष्टिलरीको रुस्लान क्रिकेटबाट निर्देशक श्रीहर शम्शेर जंग बहादुर राणाले हस्ताक्षर गरे । सम्झौता अनुसार रुस्लान क्रिकेटले डिपिएललाई ३५ लाख नगद उपलब्ध गराउनेछ भने त्यति नै मात्रामा काइन्टमा गरी ७० लाख खर्च गर्नेछ ।

सम्झौतामा हस्ताक्षर भएपछि विजयी डिष्टिलरीका तर्फबाट मार्केटिङ हेड सुशिल श्रेष्ठले अघिल्लो वर्षबाट नै डिपिएलसँग जोडिएको र अहिले मुख्य प्रायोजकको रुपमा जोडिन पाउदा खुशी लागेको बताए । ‘डिपिएल आयोजकको लगावलाई हामीले देखेका छौं । हामी डिपिएलसँग अघिल्लो वर्षबाटै सह–प्रयोजकको रुपमा जोडिएका थियौं ।’ सुनिलले भने,
‘सधै राजधानी केन्द्रित प्रतियोगिताहरु भैरहेको अवस्थामा भ्याली बाहिर जाने सोच बनाएर नै हामीले डिपिएलसँग हातेमालो गरेका हौं । डिपिएलसँग जोडिदै भ्याली बाहिर हाम्रो उत्पादन कन्ट्रिब्युट गर्नु हाम्रो लागि खुशीको कुरा हो ।’ यस्तै डिपिएलका अध्यक्ष सुवास बहादुर शाहीले सामुहिक मिहेनतमा प्रायोजकहरु पाइरहेकोमा खुशी व्यक्त गर्दै यो सबै कर्मको फल रहेको बताएका छन् ।

To Top